भारतकाे बिहारको राजधानी पटनामा १८५ यात्रु सवार विमानमा आगलागी भएकाे छ । नयाँ दिल्लीका लागि उडेको स्पाइस जेटको विमानमा आकाशमै आगो लागेको हाे ।
विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि आगो लागेको थियो । आगो लागेपछि विमानलाई पटना विमानस्थलमा नै आकस्मिक अवतरण गराइएको छ ।
विमानमा रहेका यात्रु र चालक दलका सदस्य सबै सकुशल रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस