Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको अवितरित हकप्रद बाँडफाँड, बुधबारदेखि पैसा फिर्ता हुने

अर्थ संसार

सोमबार, ०६ असार २०७९, ११ : ०१ मा प्रकाशित

अपि पावरको अवितरित हकप्रद बाँडफाँड, बुधबारदेखि पैसा फिर्ता हुने

अपि पावर कम्पनी लिमिटेडले जेठ १८ गते, बुधबारबाट जेठ २६ गते, बिहीबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर बाँडफाँड गरिएकाे छ । उक्त अवितरित हकप्रद सेयरमा परेका बाेलपत्रहरू असार १ गते, बुधबार खोलिएर असार ५ गते, आइतबार बाँडफाँड गरिएकाे हाे । 

कम्पनीले सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३ सय २८ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । लिलामी सेयर बाँडफाँडकाे अन्तिम मूल्य (कट अफ प्राइस) न्यूनतम २४० रुपैयाँ  कायम भएकाे छ ।

बोलपत्रमा नपरेका बोलपत्रवालाहरुलाई बोलपत्र फाराममा उल्लेख गरेको बैंक खातामा असार ८ गते, बुधबारबाट रकमान्तर गरिने पनि कम्पनीले जानकारी दिएकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62b0033420d76.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको