Like us!
Follow us!
Connect us!
Watch us!

धानमा रोग लागेपछि किसान चिन्तित

शनिबार, १४ साउन २०७४, १७ : १६ मा प्रकाशित

धानमा रोग लागेपछि किसान चिन्तित

अर्थ संसार, बलेवा (बागलुङ)–  भर्खरै रोपेको धानमा विभिन्न रोगको प्रकोप देखिन थालेपछि जिल्लाको गलकोट क्षेत्रका किसान चिन्तित बनेका छन् ।

धान रोपेर झार गोड्ने समय हुनै लाग्दा धानको फेद कुहिने, पातमा धब्बा बस्ने लगायतका समस्या देखिन थालेपछि किसान चिन्तित बनेका हुन् ।

अनुकूल मौसम परेकाले समयमै धान रोप्न पाएपछि किसान हर्षित बेनेका थिए । उत्पादन बढ्नेमा ढुक्क बनेका किसान एकाएक रोगको प्रकोप देखिन थालेपछि अहिले निराश बनेका छन् ।

‘समयमै वर्षात भएका कारण यसवर्ष समयमै रोपाइँ गरेर उम्किएका थियौँ’ स्थानीय किसान रमा न्यौपानेले भन्नुभयो, “यस वर्ष त धान उत्पादन पनि बढ्ने भो भनेर निकै आशावादी बनेका थियौँ ।” त्यस क्षेत्रमा गतवर्ष पनि धानमा विभिन्न रोगका प्रकोप देखा परेको थियो ।

‘भर्खर रोपाइँ गरेर सकेका थियौँ’ न्यौपानेले भन्नुभयो, “रोपाइँ सकेको केही हप्ता पनि बित्न नपाउँदै धानमा रोग, कीरा लागेर सखाप पार्न आटिसेको छ ।”

रोगको प्रकोप समयमै नियन्त्रणमा लिन सके उत्पादनमा त्यति ठूलो गिरावट नआउने कृषि सेवा केन्द्रका प्रमुख डिएन दाहालले बताउनुभयो । ‘समयमै रोगको पहिचान भएको छ, जसकारण रोग नियन्त्रणमा लिन निकै सजिलो छ’ दाहालले भन्नुभयोे, ‘रोग नियन्त्रणका लागि सेवा केन्द्र लागिपरेको छ ।’ प्रकोपग्रस्त क्षेत्रमा साफ तथा बेबिस्टिन नामक विषादीको प्रयोग गर्न किसानलाई सुझाव दिनुभयो ।

प्रकोपग्रस्त क्षेत्रको धान उत्पादनमा १० देखि १५ प्रतिशतको बिचमा गिरावट आउनसक्ने उहाँको भनाइ छ । उक्त रोगको प्रकोष माटो, हावा तथा पानीको माध्यमबाट सर्नेगर्दछ । गलकोट क्षेत्रमा विगत वर्षदेखिनै यस प्रकारका समस्या देखा परेको सेवा केन्द्रले जनाएको छ ।

यसवर्ष मौसम अनुकूल भएपनि हावापानीको प्रतिकूलताका कारण समस्या दोहोरिएको दाहालले बताउनुभयो । दाहालकाअनुसार स्थानीय जातको धान रोपिएको ठाउँमा रोगको प्रकोपा बढी देखिएको छ । जिल्लाका अन्य स्थानमा भने धानखेतीमा त्यस्तो कुनै समस्या नदेखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको