Like us!
Follow us!
Connect us!
Watch us!

दोर्दी खोला जलविद्युतकाे आईपीओ बुधबार बाँडफाँड हुने, सेयर पाउन भाग्यकै भर !

अर्थ संसार

मंगलबार, ०७ असार २०७९, १३ : ०५ मा प्रकाशित

दोर्दी खोला जलविद्युतकाे आईपीओ बुधबार बाँडफाँड हुने, सेयर पाउन भाग्यकै भर !

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि बुधबार हुने भएकाे छ ।

उक्त आईपीओको बाँडफाँड भाेलि (असार ८ गते, बुधबार) निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडकाे कार्यालय, नारायणचाैर, नक्साल, काठमाडाैँमा बिहान ९ बजेपछि हुने भएकाे क्यापिटलले जनाएकाे छ । 

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २१ करोड ९५ लाख रुपैयाँ बराबरको २१ लाख ९६ हजार कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७ सय ७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २० लाख १९ हजार ८६९  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

अन्तिम दिनसम्म १५ लाख ६४ हजार ५ सय २२ जना लगानीकर्ताले १ करोड ७९ लाख ३३ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा वितरण गरिनेछ । गाेलाप्रथाबाट वितरण गर्दा भाग्यमानी २ लाख १ हजार ९ सय ८६ जना लगानीकर्ताहरूले मात्रै सेयर हात पार्नेछन् । बाँकी १३ लाख ६२ हजार ५ सय ३६ जनाको भने हात खाली हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको