Like us!
Follow us!
Connect us!
Watch us!

यसै बर्ष आईपीओ जारी गरेको दोर्दी खोला जलबिद्युतको वित्तिय अवस्था कस्ताे ?

अर्थ संसार

विहीबार, ०१ मंसिर २०७९, ०६ : ५३ मा प्रकाशित

यसै बर्ष आईपीओ जारी गरेको दोर्दी खोला जलबिद्युतको वित्तिय अवस्था कस्ताे ?

हालै आईपीओ जारी गरेको दोर्दी खोला जलबिद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार पहिलो त्रैमाससम्ममा कम्पनीले ६९ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले अघिल्लो आर्थिक बर्षको अन्तिम त्रैमाससम्ममा ४ लाख ८८ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । 

यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार १ करोड ८५ लाख ४८ हजार रुपैयाँ रहेको छ । पहिलो त्रैमासम्ममा कम्पनीको बार्षिक प्रतिसेयर आम्दानी ०.०३ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ७६ पैसा पुगेको छ । 

कम्पनीले मजुङ जिल्लाको दोर्दी गाँउपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजनाको निमार्ण सम्पन्न गरी २०७९ असोज १७ गते दिउँसोको १२ बजे देखि विद्युतको व्यापारिक उत्पादन गर्दै आएको छ । आयोजनाको व्यापारिक उत्पादन पश्चात २०७९ असोज मसान्त सम्ममा १५ दिन बराबरको बिल रकम नेपाल विद्युत प्राधिकरणलाई कार्तिक महिनामा विलीङ गरीएकोले सो रकम यस त्रैमासिकमा समावेस गरीएको छैन ।

कम्पनीले गत जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २१ करोड ९५ लाख रुपैयाँ बराबरको २१ लाख ९६ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७ सय ७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २० लाख १९ हजार ८६९  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

कम्पनीले प्रकाशन गरेकाे वित्तिय विवरणः

637589ce762e6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको