Like us!
Follow us!
Connect us!
Watch us!

दोर्दी खोला जलविद्युतको आईपिओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

अर्थ संसार

बुधबार, ०८ असार २०७९, १० : १५ मा प्रकाशित

दोर्दी खोला जलविद्युतको आईपिओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ । उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालय, नारायणचौर, नक्साल, काठमाडौँमा भएको हो । 

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २१ करोड ९५ लाख रुपैयाँ बराबरको २१ लाख ९६ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७ सय ७५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २० लाख १९ हजार ८६९  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

अन्तिम दिनसम्म १५ लाख ६४ हजार ५ सय २२ जना लगानीकर्ताले १ करोड ७९ लाख ३३ हजार ७० कित्ताका लागि आवेदन दिएका थिए ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएको थियो । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी २ लाख १ हजार ९ सय ७५ जना लगानीकर्ताहरूले १० कित्ताका दरले र बाँकी ९ जनाले ११ कित्ता सेयर हात पारेका छन् भने बाँकी १३ लाख ६२ हजार ५ सय ३६ जनाको भने हात खाली हुनेछ ।

अब केहि समयमा लगानीकर्ताहरुले बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट तथा मेरो सेयरको आईपिओ रिजल्टको वेबसाइटबाट समेत नतिजा हेर्न सकिने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको