Like us!
Follow us!
Connect us!
Watch us!

दोर्दी खोला जलबिद्युतको आईपिओ बाँडफाँड सम्पन्न, २.९७ लाख कित्ताका लागि आवेदन नै परेन !

अर्थ संसार

शुक्रबार, १३ जेठ २०७९, ०८ : १० मा प्रकाशित

दोर्दी खोला जलबिद्युतको आईपिओ बाँडफाँड सम्पन्न, २.९७ लाख कित्ताका लागि आवेदन नै परेन !

दोर्दी खोला जलबिद्युत कम्पनी लिमिटेडले २०७९ बैशाख ११ गते देखि निष्काशन तथा बिक्री खुल्ला गरेको आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बाँडफाँड जेठ १२ गते सम्पन्न भएको छ । 

कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो शेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुले आवेदन दिएका थिए ।

सेयर बाँडफाँट सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकको वेवसाइट www.siddharthacapital.com बाट पनि हेर्न सकिने छ ।

कम्पनीले निष्काशन गरेको १० लाख ५४ हजार २६० कित्ता साधारण सेयर मध्य ७ लाख ५६ हजार ४२० कित्ता मात्र बिक्रि भएकाले बाँकी २ लाख ९७ हजार ८४० कित्ता सेयर अब सर्वसाधारण (सामुहिक लगानी कोष तथा कर्मचारीमा समेत) मा निष्काशन गरिने छ । कम्पनीको सेयरमा मागभन्दा पनि कम आवेदन परेकाले आवेदक सबैले माग बमोजिम सेयर प्राप्त गरेकाछन् ।

दोर्दी खोलालाई आईपीओ बिकाउन हम्मेहम्मे, अन्तिम दिनसम्म ६९% मात्र बिक्यो

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्ः

629037189f014.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको