Like us!
Follow us!
Connect us!
Watch us!

बुधबारदेखि सबै उडान रोक्ने वायुसेवा कम्पनीहरुको घोषणा

अर्थ संसार

मंगलबार, ०७ असार २०७९, १४ : ०८ मा प्रकाशित

बुधबारदेखि सबै उडान रोक्ने वायुसेवा कम्पनीहरुको घोषणा

वायु सेवा सञ्चालक संघ नेपालले भाेलि (बुधबार) बाट सबै नियमित उडान राेक्ने घाेषणा गरेकाे छ । संघले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै नियमित उडान रोक्ने घोषणा गरेको हाे ।

मंगलबार एक  पत्रकार सम्मेलनमार्फत संघले ५ बुँदे माग राखी उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको छ ।

संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने, विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्नुपर्ने लगायतका माग राखेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको