Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो माई जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

शनिबार, १४ साउन २०७४, १८ : ५९ मा प्रकाशित

माथिल्लो माई जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

अर्थ संसार, काठमाडौँ– इलाममा आयोजना स्थल रहेको  माथिल्लो माई जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

कुल ५.१ मेगावाट क्षमताको आयोजनाले सबै परीक्षण सकेर गोदकको राजदुवालीस्थित काबेली करिडोरको सबस्टेसनमा विद्युत् प्रवाह भएको छ ।

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा निर्मित यो जलविद्युतलाई ‘पावर क्यासकेट’ आयोजनाका रूपमा निर्माण गरिएको हो ।

 अप्परमाईले अघिल्लो वर्षदेखि नै व्यावसायिक उत्पादन थालेको थियो। यससँगै जिल्लाका कुल विद्युत् उत्पादन क्षमता ६६ मेगावाट पुगेको छ ।

९५ करोडको लागतमा निर्मित आयोजनाले ६.१ मेगावाटको जेनेरेसन लाइसेन्स लिएको भए पनि खरिद बिक्री सम्झौता ५.१ मेगावाट मात्रै भएकाले सोहीअनुसारको विद्युत उत्पादन भएको छ ।

अढाई वर्षदेखि निर्माण थालिएको आयोजनाको सबै काम सम्पन्न भएपछि व्यवसायिक उत्पादन थालिएको निर्माणकर्ता कम्पनी पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक सन्तोष प्रधानले बताए ।

‘अघिल्लो वर्ष अप्परमाईको उत्पादन सकेपछि क्यासकेटको कामलाई थप तिव्रता दिइयो,’ उनले भने । १२ मेगावाट क्षमताको अप्परमाई आयोजनाले पनि खरिद बिक्री सम्झौता सम्पन्न भइ नसकेकाले ९.९८ मेगावाट मात्र उत्पादन गर्दै आएको छ।

साविकको सुलुबुङ गाविसमा धेरै अयोजना क्षेत्र परे पनि माबु र जमुना पनि क्यासकेट आयोजनाबाट प्रभावित छन्।
यो आयोजना सञ्चालनका लागि ९ सय ७६ मिटरको सुरुङमार्फत अप्परमाईबाट पानी निकालिएको छ ।

त्यस्तै माईखोलाको  पानी सुलुबुङको बग्रेस्थानमा निकालिएको छ। ९ सय ५३ मिटर लामो पेनस्टक पाइपमार्फत उत्पादनगृहसम्म पु¥याइएको छ। अप्परमाईकै १३२ केभी प्रसारण लाइनमार्फत यहाँ उत्पादित विद्युत् सबस्टेसनसम्म पु‍¥याइएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको