Like us!
Follow us!
Connect us!
Watch us!

बाहिरी चक्रपथ आयोजनामा हाजिर गरेरै तलब, गाडीबिना नै ड्राइभर

पत्रपत्रिका

बुधबार, ०८ असार २०७९, ०७ : ०० मा प्रकाशित

बाहिरी चक्रपथ आयोजनामा हाजिर गरेरै तलब, गाडीबिना नै ड्राइभर

 

अठार वर्षदेखि कागजमा सीमित काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ आयोजना कर्मचारी भर्ती केन्द्र बन्न पुगेको छ । अहिलेसम्म भौतिक प्रगति शून्य रहेको सो आयोजनामा उपसचिवसहित तीन जना स्थायी कर्मचारीले सेवा सुविधा लिँदै आएका छन् ।

त्यस्तै विभिन्न शक्ति र प्रभावको आडमा भर्ना भएका  एक  दर्जनभन्दा  बढी  करार  कर्मचारीलाई  हाजिरीको भरमा तलब सुविधा खुवाइँदै आइएको छ । सो आयोजनामा कार्यरत १५ जना कर्मचारीमध्ये १२ करारका छन् ।

उनीहरूको काम कार्यालयमा आउने,  हाजिरी  गर्ने  अनि  तलब  भत्ता  लिने  मात्र  भएको कार्यालयकै कर्मचारी बताउँछन् । 'कोमा’ मा पुगिसकेको सो आयोजनामा दरबन्दी सिर्जना गरेर नै कर्मचारी भर्ती गर्दै आएको छ ।

काठमाडौँ  उपत्यका  विकास  प्राधिकरणका  प्रमुख  विकास  आयुक्त  जानुका  ढकालले  बाहिरी  चक्रपथ आयोजनामा वर्षौंदेखि दर्जनभन्दा बढी करार कर्मचारीले हाजिरीको भरमा तलब सुविधा बुझ्दै आएको उनले स्वीकार गरे । गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको