Like us!
Follow us!
Connect us!
Watch us!

बाबुसँगको सबै नाता तोड्न एलन मस्कको छोरीले हालिन् मुद्दा

अर्थ संसार

बुधबार, ०८ असार २०७९, १३ : ३५ मा प्रकाशित

बाबुसँगको सबै नाता तोड्न एलन मस्कको छोरीले हालिन् मुद्दा

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कसँगकाे सबै नाता तोड्न उनकै छाेरीले अदालतमा मुद्दा हालेकी छिन् ।

मस्ककी १८ वर्षकी समलिङ्गी छाेरी एलेक्जेन्डर मस्कले कानूनी रुपमा नाम र लिङ्ग परिवर्तनका लागि निवेदन दिएकी हुन् । उनले सान्टा मोनिकास्थित लस एन्जल्स सुपेरियर कोर्टमा अबदेखि आफ्नो नाम भिभियन जेन्ना विल्सन कायम हुन तथा आफूलाई महिलाको रुपमा पहिचान प्रदान गर्न माग गर्दै निवेदन दिएकी छिन् ।  

उनले आफ्ना अर्बपति बुवा एलन मस्कसँग किन नाता ताेड्न लागेकी भन्ने कुरा खुलाइएकाे छैन । 

मस्कले क्यानेडियन लेखिका जस्टिन विल्सनसँग सन् २००० मा बिहे गरेका थिए र उनीहरुबाटै ती छोरीको जन्म भएको थियो । जस्टिन र मस्कबीच सन् २००८ मा सम्बन्ध विच्छेद भइसकेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको