नेपाल उद्योग परिसंघ (सीएनआइ) का वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले अब जग्गाको आधारमा धितो कर्जा भन्दा पनि प्रोजेक्टका आधारमा कर्जा प्रवाह गर्नुपर्ने बताएका छन् ।
बिजमान्डूले आयोजना गरेको मौद्रिक नीति अन्तर्क्रिया कार्यक्रमममा बाेल्दै उनले भने, 'अहिलेको अवस्थामा बैंकबाट लोन लिन जग्गा नै धितो राख्नुपर्ने अवस्था छ, राम्रो आईडीया भएमा पनि कर्जा पाउन गाह्रो हुन्छ। अब ऋणमा ल्याण्ड बेस फाइनान्सिङबाट प्रोजेक्ट बेस फाइनान्सिङमा जानुपर्छ।'
प्रोजेक्ट बेस फाइनान्सिङका कुरा बजेटमा लामो समयदेखि आएको भएतापनि यसको कार्यान्वयनमा ख्याल गर्नुपर्ने उनले बताए।
राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिबारे सुझाव दिँदै अहिले ४/१२ को नीतिका कारण बजार घटेको र सेयर बजार घटेर बेचिहाल्ने अवस्था पनि नरहेकाे भन्दै अलिकति सहज नीति लिनुपर्ने उनले बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस