Like us!
Follow us!
Connect us!
Watch us!

९ सय मेगावाटको अरुण तेस्रो आयोजनको विद्युत् गृहस्थल र प्रवेश मार्ग ठप्प

अर्थ संसार

सोमबार, १८ भदौ २०८०, १४ : २४ मा प्रकाशित

९ सय मेगावाटको अरुण तेस्रो आयोजनको विद्युत् गृहस्थल र प्रवेश मार्ग ठप्प

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग स्थानीयवासीले ठप्प पारेका छन् ।

अरुण तेस्रो प्रवेशमार्गको छयाङकुटी–दिदिङ्ग पुखुवा जाने सडकखण्डको तत्कालै मुआब्जा वितरण गरिनुपर्ने माग गर्दै उनीहरूले अनिश्चितकालीनरूपमा अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र सडक बन्द गरेका हुन् ।

शनिबारदेखि अरुण तेस्रो प्रवेश मार्गअन्तर्गतका जग्गाधनीले मुआब्जा माग गर्दै अनिश्चितकालीन सडक बन्द गरेका छन् । अरुण तेस्रो प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा वितरण गर्न सरकारले विभिन्न बहाना बनाउँदै आलटाल गरेका कारण बाध्य भएर अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्गको सडक ठप्प पारेको अरुण तेस्रो प्रवेश मार्ग मुआब्जा सङ्घर्ष समितिका केन्द्रीय संयोजक जनीकुमार राईले बताए । 

अरुण तेस्रो प्रवेशमार्गको खाँदबारी नगरपालिका–४ को छयाङकुटी डाँडादेखि चिचिला गाउँपालिका–३ पुखुवा विद्युत्गृहसम्म जाने सडकखण्डको तत्कालै मुआब्जा वितरणको माग गर्दै अनिश्चितकालीनरूपमा विद्युत् गृहस्थल पुखुवा र प्रवेशमार्गको सडक बन्द गरिएको संयोजक राईले बताए ।  

जिल्ला प्रशासन कार्यालयले गत वैशाख २६ गते छयाङकुटी–दिदिङ्ग सडक खण्डको छुट मुआब्जा निर्धारण समितिले प्रतिरोपनी रु ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो । पहिलो चरणमा चार सय ५४ रोपनीको जम्मा रु ५३ करोड ७४ लाख ५० हजार बजेट निकासीका लागि लगानी बोर्डलाई पत्राचार गरेको थियो । अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको