Like us!
Follow us!
Connect us!
Watch us!

रसिया युक्रेन युद्धको बाछिटोः अन्तराष्ट्रिय अर्थतन्त्रमा डरलाग्दो संकुचन

धिरज पौड्याल

विहीबार, ०९ असार २०७९, १३ : ४१ मा प्रकाशित

रसिया युक्रेन युद्धको बाछिटोः अन्तराष्ट्रिय अर्थतन्त्रमा डरलाग्दो संकुचन

फेब्रुअरी २०१४ मा युक्रेनले नटोमा आवद्ध हुने प्रस्ताव ल्याएदेखि देखि सुरु भएको रसिया र युक्रेन बीचको युद्ध पछिल्लो समय निकै चर्किएको छ। फेब्रुअरी २४ मा रसियाले युक्रेनमाथि औपचारिक युद्धको घोषणा गरेसँगै दुई देशबीचको युद्धका कारण अन्तराष्ट्रिय अर्थतन्त्र संकुचनमा धकेलिँदै गएको छ। 

रसिया युक्रेन युद्धकाे आज १२० औं दिनसम्म आइपुग्दा यस युद्धले विभिन्न क्षेत्रमा असर परिरहेको छ र कोभिड पछि विस्तारै खुल्ला हुन थालेको अर्थतन्त्रलाई थप संकुचनमा गई रहेको छ जसका कारण विभिन्न राष्ट्रहरूले लिएको आर्थिक उन्नतिको उद्देश्य पूरा गर्न सकिरहेका छैनन्।  अहिले रसिया युक्रेन बीच शक्ति युद्ध देखिएतापनि पछाडि भने अन्य शक्ति राष्ट्रहरू बीच आर्थिक युद्ध चलिरहेको छ जसको प्रत्यक्ष असर साना अर्थतन्त्रका राष्ट्रहरूलाई परिरहेकाे छ । रसिया युक्रेन युद्धकै कारण बैंकरप्सिको बाटो तर्फ गइरहेका छन् भने श्रीलंकाले घाेषणा समेत गरिसकेको छ।

अहिलेको समयमा सबैकाे प्रश्न रसिया युक्रेन युद्ध कहिले अन्त्य होला भन्ने छ । रसिया र युक्रेन युद्धले निम्त्याएको संकट यसको अन्त्य भएपछि मात्र समाधान हुनसक्ने जानकारहरु बताउँछन् । रसिया र युक्रेन युद्ध अस्थायी रूपमा अन्त्य भएपनि दिर्घकालिन रूपमा अन्त्य नहुने र समय समयमा तरङ्ग दिने उनीहरू बताउँछन् । 

अहिले रसिया युक्रेन युद्धका कारण सप्लाई चेन उथलपुथलका कारण बढ्दै गएको मुद्रास्फीतिले थप संकट निम्त्याउने विज्ञहरु बताउँछन्। युद्ध अन्त्य भएपनि यसले निम्त्याएको मुद्रास्फीति अन्त्य नहुने उनीहरू बताउँछन् ।“ युद्ध ढिलो चाँडो अन्त्य होला तर यसले विश्वभर निम्त्याएको मुद्रास्फीति को समस्या समाधान हुँदैन ।”

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको