Like us!
Follow us!
Connect us!
Watch us!

आन्दोलन सफल भएसँगै सेयर बजारमा हरियाली, लगानीकर्ता उत्साहित

नेप्से

शुक्रबार, १० असार २०७९, १३ : ११ मा प्रकाशित

आन्दोलन सफल भएसँगै सेयर बजारमा हरियाली, लगानीकर्ता उत्साहित

केही दिनदेखि निरन्तर चलिरहेको लगानीकर्ताहरूको आन्दोलन सफल भएको छ । माग पुरा गर्ने सहमति भएसँगै १० दिनदेखि आमरण अनसन बसिरहेका पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालाले अनसन तोडेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन् ।

सेबाेन अध्यक्ष हमालको हातबाट जुस पिएर तिलक कोइरालाले तोडे अनसन, माग सम्बोधन गर्ने सहमति !

बजार विकास र विस्तारका लागि अब चाहीँ केही होला भन्ने माहोल देखिएपछि लगानीकर्ताहरूबीच छुट्टै उत्साह छाएको छ । जुन कुरा आजको बजारले समेत देखाउँछ । शुक्रबार हुने २ घण्टाको कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि हिजो अस्ति दिनभरको तुलनामै भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ विन्दुमा पुगेकाे छ । नेप्से ०.७५ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि २.८१ अंकले बढेर ३६४.९० विन्दुमा पुगेको छ । 

कूल २२३ वटा कम्पनीकाे ३५ लाख ४१ हजार ५ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १५ करोड १२ लाख ८ हजार ३१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेको छ । 

शुक्रबार कुमारी बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ८ कराेड ६३ लाख १२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

यसदिन न्यादी हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कमपनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ७२ रूपैयाँ ९० पैसा पुगेकाे छ । 

आज आँधिखोला लघुवित्तकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य ७.८८ प्रतिशतले घटेर ८ सय ८५ रूपैयाँमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको