Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डलाई जाग्यो फेरि प्रधानमन्त्री बन्ने इच्छा

अर्थ संसार

शुक्रबार, १० असार २०७९, १७ : २२ मा प्रकाशित

प्रचण्डलाई जाग्यो फेरि प्रधानमन्त्री बन्ने इच्छा

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेरि प्रधानमन्त्री बन्ने इच्छा जागेको छ  । 

आज शुक्रबार नेपाल पर्वतारोहण संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्तव्य दिने क्रममा उनले आफ्नो इच्छा जाहेर गरेका हुन् ।

कार्यक्रममा बोल्दै उनले अहिलेको परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै अब फेरि देशको नेतृत्व गर्न पाएमा देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार गर्दै अघि बढ्ने बताएका छन् ।

आफू पहिलोचोटी प्रधानमन्त्री हुँदा झिलिमिली झिलीमिलीमै गएको र दोस्रो पटक प्रधानमन्त्री हुँदा साँच्चै नै धेरै चिज सुधार गर्ने प्रयास गरेको उनी बताउँछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको