Like us!
Follow us!
Connect us!
Watch us!

खुल्ला पत्र :अन्तत धितोपत्र बोर्ड आन्दोलनकारीलाई फुटाउन सफल भयो

लोकेन्द्र ढकाल

शनिबार, ११ असार २०७९, २० : ४८ मा प्रकाशित

खुल्ला पत्र :अन्तत धितोपत्र बोर्ड आन्दोलनकारीलाई फुटाउन सफल भयो

पूंजी बजारको नीतिगत सुधार, बिकास र बिस्तारको माग राखी भएको आवरण अनसन र आन्दोलन १०औ दिन सम्झौता गर्दै सकिएको छ । विभिन्न १९ बुद्दे माघ राखी लगानीकर्ता तिलक कोइरालाको अगुवाइमा आन्दोलन शुरु भयो । विवाद र आलोचनाबाट शुरु भएको आन्दोलन उत्कर्षमा पुग्दै गर्दा पूंजी बजार लगानीकर्ताको नियमक निकाय धितोपत्र बोर्डसँग सम्झौता हुँदाको दिन पनि शंका, विबाद र आलोचनाबाट अछुतो रहन सकेन ।

कोइरालाले आन्दोलन शुरु गर्दै गर्दा धेरै लगानीकर्ताका संघ संगठन समर्थनको बिरोधमा थिए । असार १ गतेबाट आवरण अनसन सुरु गर्ने पुर्व उदघोषका साथ तिलक कोइरालाले अन्य पूंजीबजारका लगानीकताका आठ संघ संघसंगठनको समर्थन जुटाउन निर्णायक लडाइ लड्ने र १९ बुद्दे माघ पूरा नहुन्जेल यो वा त्यो बहानामा  आन्दोलनबाट पछि नहट्ने लिखित प्रतिबद्धता गर्दै समर्थन जुटाएका थिए ।

सामान्यतयस् कुनै पनि आवरण अनसन हुदै गर्दा आम नागरिक, मानव अधिकारबादी संघ र संघ संगठन, ठूला मिडिया, नागरिक समाजका अगुवाहरुको आकर्षकको बिषयबस्तु बन्न नसक्नु आन्दोलनको कमजोरी देखियो । उद्योग ब्यवसायीको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको साथ समर्थन नपाउनु, ठूला लगानीकर्ताको लागि राष्ट्रबैकको ४/१२ को क्याप हटाउनका लागि मात्र यो आन्दोलन भएको आरोप लाग्नु, विभिन्न फोरम तथा गफघरहरुमा सेयरको मूल्य घटेर आन्दोलन भएको भन्दै संसारको अर्थतन्त्र धरासायी भएको बखत यी सामान्य कुरा हुन भन्दै आन्दोलनमा जनचासो घट्दै गयो । चुनाबमा उठ्न माहौल बनाउनका लागि आन्दोलनको मन्चन गरिएको आछेप पनि आन्दोलन अवधिभर धेरै नै सुन्न पाइयो ।

आन्दोलनमा नेतृत्व, ब्यवस्थापन तथा परिचालनमा पिटिक्कै तालमेल देखिएन । पूंजीबजारका नेता भनौदाहरु शक्ति केन्द्रमा धाउने होडबाजी गज्जबकै देखियो । सडकदेखी सदनसम्म आन्दोलनको आवाज उठिरहदा नियमक निकाय मुकदर्शक बनिरह्यो ।आवरण अनसन बसिरहेका तिलक कोइरालालाई धितोपत्र बोर्डले शौचालय समेत प्रयोग गर्नबाट बन्चित गर्यो । 

देशमा आन्दोलन चलिरहदा नियमक निकाय धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल बिदेश भ्रमण सकि स्वदेश फर्किए ।एयरपोर्टबाटै सिधै अनसनकारीलाई भेट्न पुगेका उनले मागका बिषयमा सकारात्मक रहेको सन्देश छोडे । तर भोलिपल्टै पत्रकार सम्मेलन गर्दै गर्दा आन्दोलनरत लगानीकर्तालाई सन्तुष्ट पार्न भने उनले सकेनन र आफनै कार्यालय बाहिर निस्किन नपाइ केही घण्टा भित्रै  बस्न बाध्य भए । 

समयक्रम सगै प्रधानमन्त्री सम्मको तिब्र चासो पछि १९ बुद्दे मागलाई समय सापेक्ष कार्यान्वयन गर्दै अघि बढाइने सम्झौता सम्भव भयो र अनसन तोडियो । लगानीकर्ताको तर्फबाट कार्यान्वयन समितिमा जाने ब्यक्तिको सन्दर्भमा धितोपत्र बोर्डका अध्यक्ष  बिवादमा मुछिए । लगानिकर्ताको तर्फबाट समितिमा पठाउने सूचिमा दिपेन्द्र अग्रवाल हुदैन भन्दै मिडियाबाजीमा उत्रियो । यसले सम्झौता हुँदै गर्दा आन्दोलनकारी पक्षधरहरुमा फाटो ल्याउन पर्याप्त रह्यो र कार्यान्वयन समितीले अहिलेका समयसम्म पूर्णता पाउन सकिरहेको छैन । 

अब प्रस्न उठ्न सक्छ, के यो आन्दोलन सफल भयो त ? लगानिकर्ताहरुलाई खुसी बनायो त ? पक्कै भएन, बनाएन ।  अन्तत :धितोपत्र बोर्ड आन्दोलनकारीलाई फुटाउन सफल भयो र परम्परागत शैलीमा १९ बुद्दे माग सम्झौता पत्रमा हस्ताक्षरमा सिमित रह्यो । ताकी एक बुद्दामा पनि हाताहाति ठोस सहमती केही भएन ।र फेरि पनि उधारो सम्झौता गराउन नियमक निकाय सफल भयो । यसअघि पनि यस्ता सहमती सम्झौता पटक पटक भएका र कार्यान्वयन नभएकाले यो आन्दोलनले पनि सार्थक उपलब्धी हासिल गर्न सकेन । तर पूंजीबजारमा समस्या रहेछन भन्ने आवाजचाही देशब्यापीरुपमा चर्चा पाउन सफल हुनु आन्दोलनको एक ठोस उपलब्धी हो । फेरि पनि चाबी नियमक निकाय कै पोल्टामा छोड्दै आन्दोलन रोकिएको छ ।

सडक बाटै माग पूरा गराउदै नियमक निकायलाई घुडा टेकाउने सपना यस पटक पनि अधुरै रह्यो । हेरौ, क्यामेराको अगाडि उभिएर बक्तब्यबाजी गर्ने, आन्दोलनको खोल ओडेर शक्ति केन्द्र धाउदै आफुलाई अब्बल साबित गर्न खोज्नेले १९ बुद्दे सम्झौतालाई कार्यान्वयन गराउन कतिको खबरदारी, पहलकदमी, निगरानी गर्दै साच्चिकै उपलब्धी हासिल गराउन सक्छ्न ? यो चाहि प्रतीक्षा कै बिषय रह्यो । के यो आन्दोलनले  नेप्सेलाई  घट्नबाट रोक्ला त र?  नेप्सेले ३२ सयको अलटाइम हाइको रेकर्ड यसै वर्ष भित्र तोड्ला त ? या यो आन्दोलनको माग आम लगानिकर्ताको माग थियो त ? यो पनि प्रतीक्षा कै बिषय रह्यो ।

जय पूजीबजार


लोकेन्द्र ढकाल 
लगानीकर्ता पोखरा 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको