Like us!
Follow us!
Connect us!
Watch us!

‘अर्थमन्त्रालय ४/१२ परिमार्जनको पक्षमा, राष्ट्र बैंक पनि केही लचिलो बन्ने संकेत’

अर्थ संसार

आइतबार, १२ असार २०७९, ०७ : ४२ मा प्रकाशित

सेयर बजारका प्राविधिक विश्लेषक बिष्णु प्रसाद बस्यालले राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर कर्जामा लगाएको ४/१२ क्याप परिमार्जनको पक्षमा अर्थमन्त्रालय रहेको बताएकाछन् । अर्थसंसारसंगको कुराकानीमा बस्यालले आँफुले अर्थन्त्रालयको छलफलका क्रममा पनि अर्थमन्त्रालय परिमार्जनकै पक्षमा देखिएको बताएका छन् । 

‘अहिलेसम्म राष्ट्र बैंकले जस्टिफाइनै गर्न सकेको छैन यो निती किन ल्यायो भनेर यो निती प्रिन्सिपल्ली नै गलत थियो’ बस्यालले भने ‘अब राष्ट्र बैंक पनि केहि लचिलो बन्ने संकेत देखिएको छ वहाँहरुले यसलाई कसरी व्यबस्थापन गर्ने भन्ने उपायपनि खोजिरहनु भएको छ, सबै भन्दा बलियो पक्ष अर्थमन्त्रालय यो नीति परिमार्जनको पक्षमा छ ।’ 

अहिले बजारलाई प्राविधिक तथा आधारभुत दुबै कुराबाट हेर्दा नेप्से धेरै नै अन्डरभ्यालुड रहेको उनको तर्क छ । यदि कसैसंग क्यापिटल छ भने यो समय भनेको लगानीका लागि उपयुक्त समय रहेको बताउछन् उनि ।  

बस्यालसंग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको