Like us!
Follow us!
Connect us!
Watch us!

एसवाई प्यानलले आईपीओ जारी गर्ने, प्रभु क्यापिटल बिक्री प्रबन्धक

अर्थ संसार

आइतबार, १२ असार २०७९, २० : १९ मा प्रकाशित

एसवाई प्यानलले आईपीओ जारी गर्ने,  प्रभु क्यापिटल बिक्री प्रबन्धक

एसवाई प्यानल नेपालले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले हाल कायम जारी पुँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

उक्त सेयर जारी गर्नको लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी दुई कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा एस वाई प्यानल नेपालका तर्फबाट कम्पनीका प्रबन्ध संचालक चोई डोङ्गिल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

२०७४ असार २० गते स्थापना भएको एस।वाई। प्यानल नेपाल लिमिटेड कोरियाली प्रविधि भएको कोरियाली गुणस्तर चिन्ह प्राप्त एस।वाइ। कम्पनी लिमिटेड कोरियाको लगानी भएको कम्पनी हो । यसको प्रधान कार्यालय काठमाण्डौ तीनकुनेमा रहेको छ । कम्पनीले चितवन जिल्लाको रत्ननगर न.पा, वडा नं. १४, पिठुवामा फ्याक्ट्री स्थापना गरी भवन निर्माण सम्बन्धी अत्यावश्यक पर्ने विभिन्न सामाग्रीहरु जस्तै स्याण्डबीच प्यानेल अन्तरगत एफआरथ्री फायर रेटिङ्ग भएको ईपीएस प्यानल, यूपीभीसीको झ्याल तथा ढोका, स्टिल ढोका, एबीसी ढोका, कोल्डस्टोर तथा ह्याचरी बनाउँदा आवश्यक पर्ने पफ प्यानल र कोल्डस्टोरमा आवश्यक हुने स्टिल पफ ढोका तथा प्रिफ्याब घरलाई पूर्णरुपमा दिन आवश्यक पर्ने अन्य सामाग्री उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।

कम्पनीको हाल नेपाल भर ७५ वटा डिलरहरु संचालनमा रहेका छन् भने यस कम्पनीको प्यानल उत्पादन क्षमता ५ हजार वर्ग मिटर प्रतिदिन रहेको छ । पछिल्लो समयमा यस कम्पनीको उत्पादन प्रयोग गरेर देशभरका विभिन्न ठाउँमा १० वटा भन्दा बढी हाइड्रोपावर प्रोजेक्ट साइट, कर्मचारी भवन, आर्मी क्याम्प, विभिन्न पालिकाका भवनहरु र सरकारी तथा गैर सरकारी भवनहरुका साथै हजारौं घरहरु, फ्याक्ट्री तथा चिस्यान केन्द्रहरु निर्माण भइसकेको कम्पनीका महाप्रबन्धक शशी साहले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको