Like us!
Follow us!
Connect us!
Watch us!

आदर्श लघुवित्तको आईपिओ बाँडफाँड आज, ५ जनाले ११ कित्ता सेयर पाउने

अर्थ संसार

सोमबार, १३ असार २०७९, ०७ : १३ मा प्रकाशित

आदर्श लघुवित्तको आईपिओ बाँडफाँड आज, ५ जनाले ११ कित्ता सेयर पाउने

आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर आईपीओको बाँडफाँड आज असार १३ गते, सोमबार हुँदैछ ।

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटका अनुसार उक्त आईपीओ आज बिहान ९ बजे क्यापिटलको कार्यालय नक्साल काठमाडौँमा हुनेछ । 

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६२ हजार ६१५  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

अन्तिम दिनसम्म १८ लाख ७ हजार १ सय २४ जना  लगानीकर्ताहरूले २ करोड २ लाख ५० हजार ९ सय ८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा ३२३ दशमलव ४२ गुणा धेरै आवेदन हो । 

मागभन्दा धेरै आवेदन परेको हुनाले संस्थाको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिनेछ । गोलाप्रथाद्वारा वितरण गर्दा भाग्यमानी ६ हजार २ सय ६१ जना लगानीकर्ताले मात्रै सेयर हात पार्नेछन् । बाँकी १८ लाख ८ सय ६२ जना लगानीकर्ताको भने हात खाली हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको