Like us!
Follow us!
Connect us!
Watch us!

आदर्श लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, ०६ : २८ मा प्रकाशित

आदर्श लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको २१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज फागुन १५ गते अन्तिम दिन रहेको छ ।

संस्थाले सभा प्रयोजनका लागि कम्पनीले भोलि फागुन १६ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले, आज फागुन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाको सञ्चालक समितीले गरेको निर्णय अनुसार संस्थाको ५ औँ बार्षिक साधारणसभा फागुन ३० गते गौतम भिलेज रिसोर्ट बनेपा, काभ्रेपलान्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

सभामा संस्थाको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

साथै सभाले सर्वसाधारण समुहबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु निर्वाीचत गर्नेछ । त्यस्तै सभाले डिप्रोक्स लघुवित्तसंग १ः१ को अनुपातमा एक्वाएर हुने सम्बन्धी प्रस्ताव समेत पारित गर्नेछ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको