Like us!
Follow us!
Connect us!
Watch us!

४७ प्रतिशले घट्यो आदर्श लघुवित्तको नाफा, ईपिएस कति ?

अर्थ संसार

विहीबार, २४ कार्तिक २०७९, ०७ : ०५ मा प्रकाशित

४७ प्रतिशले घट्यो आदर्श लघुवित्तको नाफा, ईपिएस कति ?

आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ३ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४७.८३ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ६ लाख ६९ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ४७.३४ प्रतिशतले घटेर ५ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १० लाख ५२ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ०.६५ प्रतिशतले घटेर ३६ लाख ३० हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ र जगेडा कोषमा १ करोड २७ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएसं) १२.३७ रुपैयाँले घटेर ६ रुपैयाँ ७४ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ६७ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको