Like us!
Follow us!
Connect us!
Watch us!

२१ प्रतिशत लाभांश पारित गर्न आदर्श लघुवित्तले डाक्यो साधारणसभा, अन्य के के छन् प्रस्ताव ?

अर्थ संसार

मंगलबार, ०९ फागुन २०७९, ०७ : ०१ मा प्रकाशित

२१ प्रतिशत लाभांश पारित गर्न आदर्श लघुवित्तले डाक्यो साधारणसभा, अन्य के के छन् प्रस्ताव ?

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारित सहितका ऐजेन्डा पारित गर्न साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितीले गर्ने निर्णय अनुसार संस्थाको ५ औँ बार्षिक साधारणसभा फागुन ३० गते गौतम भिलेज रिसोर्ट बनेपा, काभ्रेपलान्चोकमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले सर्वसाधारण समुहबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने सञ्चालकहरु निर्वाीचत गर्नेछ । त्यस्तै सभाले डिप्रोक्स लघुवित्तसंग १ः१ को अनुपातमा एक्वाएर हुने सम्बन्धी प्रस्ताव समेत पारित गर्नेछ ।  

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन १६ बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले फागुन १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको