Like us!
Follow us!
Connect us!
Watch us!

किन घट्यो आदर्श लघुवित्तको नाफा, अन्य वित्तिय अवस्था कस्तो ?

अर्थ संसार

बुधबार, २५ माघ २०७९, ०७ : ३७ मा प्रकाशित

किन घट्यो आदर्श लघुवित्तको नाफा, अन्य वित्तिय अवस्था कस्तो ?

आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ । संस्थाको खराब कर्जामा र ब्याज खर्चमा आएको बृद्धिले खुद मुनाफा प्रभावित हुन पुगेको हो ।

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ७ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५०.१२ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले १४ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ३२.६७ प्रतिशतले घटेर ११ लाख ६४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १७ लाख २९ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ४.४९ प्रतिशतले घटेर ९० लाख ४३ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी २ करोड ७ लाख र जगेडा कोषमा १ करोड ७२ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ७ रुपैयाँ ९ पैसा पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ३९ पैसा रहेको छ त्यसैगरी संस्थाको खराब कर्जा १.५६ प्रतितशबाट बढेर २.२९ प्रतिशत पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको