Like us!
Follow us!
Connect us!
Watch us!

आदर्श लघुवित्तको आईपिओ बाँडफाँड: लक्की नम्बर ३ र २

अर्थ संसार

सोमबार, १३ असार २०७९, ०९ : ०८ मा प्रकाशित

आदर्श लघुवित्तको आईपिओ बाँडफाँड: लक्की नम्बर ३ र २

आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडकोआईपीओ बाँडफाँड भएको छ ।  उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडको कार्यालयमा बिहान ९ बजे सम्पन्न भएको हो । गोलाप्रथाबाट बाँडफाँड भएको सेयरमा लक्की नम्बर  ३ र २ रहेको छ ।  ३ र २ नम्बरलाई नै आधार बनाएर बाँडफाँड गरिएको छ । 

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण गरिएको थियो । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी ६ हजार २ सय ५६ जना जना लगानीकर्ताहरूले १० कित्ताका दरले र बाँकी ५ जनाले ११ कित्ता सेयर हात पारेका छन् भने बाँकी १८ लाख ८ सय ६२ जना जनाको भने हात खाली हुनेछ । ५ कित्ता अल्टर रहेको हुनाले २० कित्तामाथिका लागि भर्ने ५ जनाले एक एक कित्ता पाएका छन् ।

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६२ हजार ६१५  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

अन्तिम दिनसम्म १८ लाख ७ हजार १ सय २४ जना  लगानीकर्ताहरूले २ करोड २ लाख ५० हजार ९ सय ८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा ३२३ दशमलव ४२ गुणा धेरै आवेदन हो । 

अब केहि समयमा लगानीकर्ताहरुले बिक्रि प्रबन्धक बिओके क्यापिटलको वेबसाइट, निष्काशनकर्ता कम्पनी आदर्श लघुवित्तको वेबसाइट तथा मेरो सेयरको आईपिओ रिजल्टको वेबसाइटबाट समेत नतिजा हेर्न सकिने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको