Like us!
Follow us!
Connect us!
Watch us!

आईपिओ खुलेको १० मिनेटमै मागभन्दा बढि आवेदन

अर्थ संसार

सोमबार, १३ असार २०७९, ०९ : ४३ मा प्रकाशित

आईपिओ खुलेको १० मिनेटमै मागभन्दा बढि आवेदन

आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आईपीओमा आवेदन खुलेको १० मिनेटमै मागभन्दा बढि आवेदन परेको उक्त आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीको उक्त आईपिओ बाँडफाँड कार्यक्रममा यस्तो जानकारी दिइएको हो । संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६२ हजार ६१५  कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

अन्तिम दिनसम्म १८ लाख ७ हजार १ सय २४ जना  लगानीकर्ताहरूले २ करोड २ लाख ५० हजार ९ सय ८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा ३२३ दशमलव ४२ गुणा धेरै आवेदन हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको