Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आईएमई बैङ्कको शेयर किन्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् कम्पनी बिश्लेषण

सोमबार, १६ साउन २०७४, ०८ : ०३ मा प्रकाशित

ग्लोबल आईएमई बैङ्कको शेयर किन्ने सोचमा हुनुहुन्छ  ? हेर्नुहोस् कम्पनी बिश्लेषण

अर्थ संसार, काठमाडौै– ग्लोबल आइएमई बैङ्कले सार्वजनिक गरेको आव २०७३र७४ को चौंथोे त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा ४७ प्रतिशतले बढेर रू.२ अर्ब ३ करोड ८१ लाख पुगेको छ । खुद ब्याज आम्दानी २३ प्रतिशत र रू. ३८ करोड ६८ लाख खराब कर्जा उठाउन बैङ्क व्यबस्थापन सफल हुनाले खुद नाफा बढेको हो ।

साथै, बैदेशिक मुद्रा विनिमयबाट रू.२ अर्ब १५ करोड आम्दानी गर्न सफल भएको छ । बैङ्कको चुक्तापूँजी रू. ८ अर्ब ८ करोड पुगेको छ भने जगेडा कोषको रकम १ सय ६३ प्रतिशतले बढेर रू.४ अर्ब ९ करोड ९८ करोड पुर्याएको छ भने निष्क्रिय कर्जा १ दशमलव ५७ प्रतिशत पुगेको छ । सम्भावित जोखिम बापतको ब्यवस्थामा रू. ३४ करोड ७८ लाख रकम छुट्याएको छ । प्रतिशेयर आम्दानी रू.२५ दशमलव २२ रहेको छ ।

वर्गिकरण स् बाणिज्य बैङ्क  
पछिल्लो व्यापार मूल्यः र.४०२
५२ हप्ताको उच्च व्यापार मूल्य : रू. ६२३
५२ हप्ताको न्यून व्यापार मूल्य :  रू.३५५
१८० दिनको औसत व्यापार मूल्य : रू.४०१.२०

कम्पनीका महत्वपूर्ण अनुपात :

सञ्चालक समिति :
अध्यक्ष स् चन्द्र प्रसाद ढकाल
व्यवस्थापन समिति :
प्रमुख कार्यकारी अधिकृत स् अनिल ज्ञवाली
प्रधान कार्यालय:  पानीपोखरी, काठमाडौं
वेबसाइट : www.globalimebank.com
शाखा : ११२
स्टक सङ्केत :  जीबिआइएमई

मैनबत्ति विश्लेषण :

                                 ३० अप्रिल २०१७                                                                                                          ३० जुलाई २०१७

स्ट्याण्डर्ड डेभिएशन :

                              ३० अप्रिल २०१७                                                                                                      ३० जुलाई २०१७

आरएसआई:

                                         ३० अप्रिल २०१७                                                                                              ३० जुलाई २०१७

मुभिङ एभरेज :

                                       ३० अप्रिल २०१७                                                                                                              ३० जुलाई २०१७

प्राविधिक विश्लेषण:

मैनबत्ति बिश्लेषण स् बैङ्ककोे ५९ दिनको कारोबार अवधिमा अन्तिम दिनमा सुटिङ स्टार आकृती बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य वियरिश प्याटर्नमा रिर्भस हुने सङ्केत गर्दछ । यसको बिश्वसनियता सामान्य छ ।

आरएसआई स् बैङ्कको ५९ दिनको कारोबारमा आरएसआई न्यूट्रल जोन ९५३ दशमलव ९५ स्केल०मा छ । यसले शेयर खरीद बिक्री चाप सन्तुलनमा देखाउँछ ।

स्ट्याण्डर्ड डेभिएसन स् बैङ्कको ५९ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन ४ दशमलव ४२ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज स् बैङ्कको ५९ दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्य रेखाभन्दा  माथि छ । हालको विन्दुबाट मूल्य रू. ४ सय २ देखि बजारको अबस्था परिवर्तन भइ मूल्य सस्तिएमा रू. ३ सय ८६ मा टेवा पाउन सक्छ भने महङ्गिएमा रू.४ सय १० मा प्रतिरोध पाउन सक्छ ।
बिक्री चाप  स् बैङ्कको आइतवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा खरीद चापको तुलनामा बिक्री चाप साढे १ गुणा बढी रहेको छ । सो अवधिसम्म १२ हजार २ सय ५९ कित्ता शेयर बिक्री र ७ हजार ३ सय ३५ कित्ता शेयर खरीद गर्ने माग रहेको थियो ।
आइतवार भएको शेयर कारोबार विवरण :

बैङ्कका महत्वपूर्ण वित्तीय परिसूचकहरु ९रू.हजारमा

महत्वपूर्ण अनुपात :

लाभांश विवरण

 

आधारभूत विश्लेषण  :

 

बैङ्कको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७३र ७४ र २०७२र ७३ बीच तुलना गर्दा बैङ्कको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा ४७ प्रतिशतले बढेर रू. २ अर्ब ३ करोड ८१ लाख पुगेको छ । खुद ब्याज आम्दानी २३ प्रतिशत र र.३८ करोड ६८ लाख खराब कर्जा उठाउन बैङ्क व्यबस्थापन सफल हुनाले खुद नाफा बढेको हो । साथै, बैदेशिक मुद्रा विनिमयवाट रू। २ अर्ब १५ करोड  आम्दानी गर्न सफल भएको छ ।

 चुक्तापूँजीको तुलनामा खुद नाफा १९ दशमलव ३३ प्रतिशत बाट बढेर २५ दशमलव २२ प्रतिशत पुगेकोे छ भने यो त्रैमासमा चुक्तापूँजी १३ प्रतिशतले बढेर रू. ८ अर्ब ८ करोड भन्दा बढी रहेको छ ।
जगेडा कोषको रकम १ सय ६३ प्रतिशतले बढेर रू।४ अर्ब ९ करोड पुर्याएको छ भने निक्षेप संकलन ३६ प्रतिशतले बढेर रू.१ खर्ब १ अर्ब पुगेको छ । 

बैङ्कको लगानी रू.१६ अर्ब २१ करोड रहेको छ भने कर्जा प्रवाह ३२ प्रतिशतले बढेर रू. ८० अर्ब ८१ करोड रहेकोे छ ।

खुद ब्याज आम्दानी रू।३ अर्ब ५६ करोड, सञ्चालन नाफा रू।२ अर्ब ७१ करोड, कर्मचारी खर्च रू। ७६ करोड ७७ लाख र अन्य सञ्चालन खर्च रू।९० करोड ६८ लाखभन्दा बढी रहेको छ ।
बैङ्कको स्थिर सम्पत्ति १० प्रतिशतले बढेर रू।१ अर्ब ३ करोड ४ लाख र अन्य सम्पत्ति १ सय ७३ प्रतिशतले बढेर रू। २ अर्ब ५० करोड पुगेकोे छ ।

सम्भावित जोखिम बापतको ब्यवस्थामा रू।३४ करोड ७८ लाख राखेको छ भने यो त्रैमासमा निष्क्रिय कर्जा १ दशमलव ५७ प्रतिशत रहेको छ ।
पूँजीकोष लागत ७ दशमलव शून्य ९ प्रतिशत रहेको छ भने पूँजीकोष पर्याप्तता १२ दशमलव ५० प्रतिशत रहेको छ ।

बैङ्कको चौंथोे त्रैमासको वित्तीय विवरण अनुसार प्रति शेयर आम्दानी रू।२५ दशमलव २२, मूल्य आम्दानी अनुपात (पिइ रेसियो) १५ दशमलव ३८, तरलता अनुपात ५४ दशमलव ५२ प्रतिशत र प्रति शेयर नेटवर्थ रु. १ सय ६१ दशमलव ३१ रहेको छ । आइतवारको शेयर मूल्य नेटवर्थको साढे २ गुणा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको