भारतिय कम्पनि महिन्द्राले आफ्नो लोगो परिवर्तन गरेको छ । महिन्द्राले नेपालमा नयाँ लोगो सहितको स्कोर्पियो एन सार्वजनिक गरेको हो । एसयुभी डिजाइन रहेको डिजेल र पेट्रोल इन्जिनमा नयाँ स्कर्पियो सार्वजनिक गरेको छ । नयाँ स्कर्पियो अटोमेटिक र म्यानुअल ड्राइभमा रहेको छ ।
कम्पनीले नयाँ गाडीको मुल्य भने सार्वजनिक गरेको छैन । नेपालमा महिन्द्राको साझेदार अग्नि ग्रुपका प्रवन्ध निर्देशक क्याबिनेट श्रेष्ठले अहिले नेपालमा गाडी सार्वजनिक गरेपनि बुकिङ तत्काल नखुल्ने बताए । उनले गाडीको मूल्य कति हुने केही समयपछि मात्रै थाहा हुने जानकारी दिए । उनले अहिले चलिरहेको स्कोर्पियो भन्दा नयाँ स्कोर्पियोमा लुक्स देखि पावर सबै फरक रहेको बताए।
प्रबन्ध निर्देशक श्रेष्ठले २० वर्षअघि स्कोर्पियो नेपालमा ल्याएको बताउँदै सुरूमा विक्री गर्न अप्ठारो भएपनि पछिल्लो समय स्कर्पियोको विक्री ह्वात्तै बढेको बताए। उनले नेपालमा ८० भन्दा बढी सर्भिस सेन्टर रहेको बताएका छन्।
नेपालमा महिन्द्राले ३० वर्षमा ७५ हजार बढी ग्राहक बनाएको बताएको छ। भारतपछि नेपालमा सबै भन्दा बढी स्कर्पियो बिक्री हुने महिन्द्राले जानकारी गराएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस