Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंककाे ऋणपत्र भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

अर्थ संसार

बुधबार, १५ असार २०७९, १० : ११ मा प्रकाशित

सानिमा बैंककाे ऋणपत्र भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

सानिमा बैंक लिमिटेडले असार १० गते, शुक्रबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्रमा आवेदन दिने म्याद थपिएकाे छ । बैंककाे  ऋणपत्र छिटो अवधिमा नबिकेपछि अब असार २४ गतेसम्मसम्म आवेदन दिने म्याद लम्ब्याइएकाे छ ।

बैंकले ५ वर्ष अवधिकाे "१०.२५% सानिमा डिबेञ्चर, २०८९" काे नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे हाे । निष्कासन गरिएकाे कुल ५० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

को हो बिक्री प्रबन्धक ?

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरूले आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, सानिमा बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको