Like us!
Follow us!
Connect us!
Watch us!

सेयर लगानीकर्ताको माग सम्बोधन गरिदिन गभर्नरलाई अर्थमन्त्रीको आग्रह

अर्थ संसार

विहीबार, १६ असार २०७९, ०६ : ४८ मा प्रकाशित

सेयर लगानीकर्ताको माग सम्बोधन गरिदिन गभर्नरलाई अर्थमन्त्रीको आग्रह

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटी आगामी आर्थिक बर्षको मौद्रिक नीतिबारे जानकारी गराएका छन् ।

बुधबार अर्थ मन्त्रालयको टिम । गभर्नर अधिकारीबीच झण्डै एक घण्टा छलफल भएको हो छलफलमा अर्थमन्त्रालयले सेयर बजारको खस्कदो अवस्थार यसका समाधानका उपाए बारे समेत गर्भनर समक्ष जिज्ञासा राखेको थियो । अर्थमन्त्री शर्माले व्यबसायी र सेयर लगानीकर्ताहरुको मागहरुलाई समेत सम्बोधन हुने गरि मौद्रिक निति तयार गर्न गर्भनरलाई आग्रह गरेको स्रोतको दावी छ ।

छलफलमा सहभागि अर्थमन्त्रालयको टोलिले बजेटले लिएका लक्ष्यहरु पुरा हुने गरी मौद्रिक निती ल्याउन सुझाव दिएका थिइ । उक्त छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल पनि सहभागी थिए। 

जवाफमा गर्भनर अधिकारीले अरुकुरा भन्दा पनि देशको अहिलेको आर्थिक अवस्था मूल्यांकन गरेर त्यहि अनुरुपको मौद्रिक निती आउने बताए । अर्थमन्त्रालयमा अर्थमन्त्रालयको टीम र गभर्नरका बिचमा करिब आधा घण्टा छलफल भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको