Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी स्वामित्वका तीन बैंकहरु पनि मर्जर मा जान सक्छन्ः गभर्नर

अर्थ संसार

बुधबार, ११ माघ २०७९, ०६ : ४५ मा प्रकाशित

सरकारी स्वामित्वका तीन बैंकहरु पनि मर्जर मा जान सक्छन्ः गभर्नर

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सरकारी स्वामित्वका तीन बैंकहरु पनि मर्जर मा जान सक्ने बताएका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क स्थापनाको ५८औँ वर्षमा प्रवेशका अवसरमा मङ्गलबार आयोजित  कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारी स्वामित्वका तीन बैङ्क (नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्क) पनि मर्जर मा जान सक्ने बताए । “सरकारी बैंकहरू पनि व्यावसायिक आवश्यकता महसुस गरेर आफ्नो सञ्चालक समितिमा छलफल गरी मर्जरमा जानु अहिलेका लागि उपयुक्त समय हो” उनले  भने, “यो दबाब होइन, सुझाव हो  ।”

उनले निजी क्षेत्रका बैङ्कको मर्जरमा राष्ट्र बैङ्कले बाध्यात्मक व्यवस्था नगरे पनि अहिलेको व्यावसायिक आवश्यकता बुझेर मर्जर गरिरहेको उल्लेख गरे ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको