Like us!
Follow us!
Connect us!
Watch us!

गैरकानुनी वान एक्स बेटको प्रचारमा राष्ट्रिय खेलाडीको फोटो दुरुपयोग

अर्थ संसार

विहीबार, १६ असार २०७९, १२ : ५७ मा प्रकाशित

गैरकानुनी वान एक्स बेटको प्रचारमा राष्ट्रिय खेलाडीको फोटो दुरुपयोग

पछिल्लो समय नेपालमा केन्द्रित भएर विभिन्न बेटिङ कम्पनीहरु लुकेर कारोबार सञ्चालन गराउन सक्रिय देखिन्छन्। कानुनतः नेपालमा सट्टेबाजी गर्नु तथा यसको प्रतक्ष्य अप्रत्यक्ष प्रचार गर्नु गैरकानुनी हो तर राष्ट्रिय खेलाडी सम्मको नाम र तस्बिर जोडेर प्रचार गरिरहेका छन् । 

सामाजिक सञ्जालमा विज्ञापन चलाउन त्यस्ताे ग्राहो पनि छैन, सामान्य रूपमा डिजाइन गरी जो कोहीले पनि विज्ञापन चलाउन सक्छ। सरकारले सामाजिक सञ्जालमा गरिने विज्ञापनमा नियमन नगर्दा विभिन्न समयमा विभिन्न फिसिङ्ग एड हरु पनि देख्न पाइन्थ्यो जसका कारण विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताको डाटा चोरी तथा सामाजिक सञ्जालको अकाउन्ट ह्याक भएका छन्। 

केही समय अगाडि नेपालको वैदेशिक सञ्चितिमा कमी देखिएपछि सरकारले क्रिप्टोकरेन्सी तथा वेटीङ सम्बन्धी क्रियाकलापलाई नियमन गरिरहेको थियो र विभिन्न व्यक्तिहरूलाई कानुनको दायरामा ल्याएको थियो। नायिका प्रियंका कार्कीको नाम अनधिकृत रूपमा सामाजिक सञ्जालमा विज्ञापन देखिएको बेला केन्द्रिय अनुसन्धान विभागले उक्त विषयको छानविन अघि बढाएको थियो।

नेपालको कानुनमा सेट्टेबाजिको प्रचार, विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ५ को उप दफा १ मा विज्ञापन गर्न नहुने व्यवस्था छ।

नेपालमा वान एक्स बेटको एजेन्टहरुको बिगबिगी नै छ । वान एक्स बेटका एजेन्टहरु उनीहरूले आफ्नो प्रोमोकोड राखी अन्य व्यक्तिलाई उक्त अवैध धन्दामा जोडिरहेका छन। विभिन्न सामाजिक सञ्जाल समूहको प्रयोग गरी उनीहरूले वेटिङ एप सहित आफ्नो कोडको पनि प्रचार गरिरहेका छन्। अन्य व्यक्तिले उनीहरूको प्रोमोकोडको प्रयोग गरी उनीहरूको सञ्जालमा जोडिएमा उनीहरूले जोडिएका व्यक्तिले गर्ने कारोबार र पैसा गुमाए बापत कमिसन पाउने गर्छन। 

पछिल्लो समय यस अवैध कार्यको पछाडि केही युट्युबर हरु हात धोऐरै लागि परिरहेका छन्। नियमले नियमन गर्न नसक्दा यसको क्रियाकलाप झन् झन् धेरै हुँदै गएको छ ।

वान एक्स वेटको प्रोमोकोड तथा त्यसको प्रचार गर्न गिरोह नै लागि परेको जस्तो देखिन्छ। पूर्व कप्तान पारस खड्का, शक्ति गौचन, दीपेन्द्र सिंह ऐरी तथा क्यानको संलग्नता तथा अनुमति बिनानै उनीहरूको तस्बिर प्रयोग गरेर यस गिरोह भ्रामक पूर्ण विज्ञापन फैलाइरहेको छ। विभिन्न फेसबुक पेजको प्रयोग गरी क्रिकेट क्लोजसेट नामक वेवको प्रयोगमा प्रचार गरिरहेको छ ।

यो पनि पढ्नुहोस् :

व्याख्यात्मक टिप्पणीमा पोख्त युट्युबरः रोकिएन अवैध वान एक्स वेटको प्रचार, माैन नियामक

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको