Like us!
Follow us!
Connect us!
Watch us!

जनचेतनामुलक कार्यक्रमका आडमा बल्छी धुर्बेको ‘गैरकानुनी’ धन्दा !

अर्थ संसार

आइतबार, १५ साउन २०७९, १६ : १९ मा प्रकाशित

जनचेतनामुलक कार्यक्रमका आडमा बल्छी धुर्बेको ‘गैरकानुनी’ धन्दा !

पछिल्लो समय सामाजिक विषय र नेपाली समाजको यथार्थलाई टेलीभिजन सेटमा ल्याएर लोकप्रिय बन्न सफल रहेको कार्यक्रम हो ‘जुठे’ । जसका लेखक हुन् राजु पौडेल उर्फ राजु मास्टर र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे ’ । तर जनचेतनामुलक कार्यक्रमको आडमा अवैध सट्टेबाजी कम्पनी वान एक्स बेटको खुलेआम प्रचार गरिरहेका छन् ।

टेली सिरियल जुठे पछिल्लो समय सबै दर्शकहरु बीच लोकप्रिय बन्दै गएको छ । त्यसमा उठाइएका सामाजिक मुद्धा तथा सामाजिक कुरिति माथि गरेको प्रश्न, नेपाली समाजको बिम्बका कारण सर्वसाधारणले उक्त टेलीसिरियललाई नियमित रूपमा हेर्ने गर्दछन्। 

हिमालय टेलिभिजन तथा मास्टर टिभीकाे युट्युब च्यानल मार्फत प्रशारण हुने उक्त कार्यक्रमको सुरुवातमा कलाकारको परिचय पछि लेखक बल्छी धुर्बे भनी चिनिने मरिचमान श्रेष्ठले “गेम खेलेर तपाईँ पनि स्वस्थ्य हुन चाहनुहुन्छ भने बल्छी धुर्बे फुटसलमा स्वागत छ, डिस्क्रिप्सनमा रहेको लिंक ओपन गरेर हाम्रो प्रोमो कोड ‘मास्टर टिभी’ प्रयोग गर्नुभयो भने टन्नै बोनस पनि पाउनुहुन्छ लिंक तल डीस्क्रिप्सनमा छ क्लिक गरेर आफ्नो आईडी रजिस्टर गर्नुहोला ” बताउँछन्। 

उनले भिडियोको डीस्क्रिप्सनमा वान एक्स बेटको अफिलियट लिंक राखेका छन् जसबाट कसैले रजिस्टर गरी पैसा डिपोजिट गरेमा उनीहरूलाई राम्रो मात्रामा कमिसन मिल्छ साथै पैसा गुमाएमा उक्त कमिसन पनि थपिन्छ। 

नियमित रूपमा १५ लाख बढी नेपालीले युट्युब मार्फत हेर्ने उक्त कार्यक्रमबाट सरकारले गैरकानुनी भनेको सट्टेबाजीको प्रचार खुलेआम गरीरहेका छन्। 

कानुनमा : नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय अन्तरगतकाे विज्ञापन बोर्डले जेष्ठ २ गते सार्वजनिक गरेको विज्ञप्तिमा वान एक्स बेटको नाममा विभिन्न डिजिटल प्लाटफर्म मार्फत अवैध जुवामा लगानी गर्न सकिने विज्ञापन प्रकाशन र प्रशारण भइरहेको भन्दै यसलाइ राेक्न निर्देशन दिएकाे थियाे । बोर्डले यस्ताे कार्य विज्ञापन ( नियमन गर्ने) ऐन २०७६ को दफा ५ को उपदफा (१) को खण्ड (ख) को व्यवस्था विपरीत भएकाले यस्ता गतिविधि बन्द गर्न र त्यस्ता विज्ञापन तथा प्रोमोसनल भिडियोहरु डिजिटल प्लार्फम बाट हटाउन आग्रह गरेकी थियो र नहटाएको वा पुनः विज्ञापन गरिरहेको खण्डमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी सहित प्रेस विज्ञप्ति जारी गरेको थियो भने विज्ञापन( नियमन गर्ने) ऐन २०७६ को दफा ५ "विज्ञापन गर्न नहुने" को उपदफा (१): "प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका विषयमा विज्ञापन गर्न पाइने छैन।" को खण्ड (ख) "जुवा खेल्न खेलाउन वा प्रचलित कानुन बमोजिम अनुमति नलिएको चिठ्ठा किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा।" उल्लेख छ। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको