Like us!
Follow us!
Connect us!
Watch us!

व्याख्यात्मक टिप्पणीमा पोख्त युट्युबरः रोकिएन अवैध वान एक्स वेटको प्रचार, माैन नियामक

धिरज पाैड्याल

धिरज पौड्याल

विहीबार, १७ चैत्र २०७८, १३ : ०२ मा प्रकाशित

व्याख्यात्मक टिप्पणीमा पोख्त युट्युबरः रोकिएन अवैध वान एक्स वेटको प्रचार, माैन नियामक

दिनहु रूपमा विश्वभर लाखौं संख्यामा खेलहरु खेलिन्छन। यस्ता किसिमका खेलहरूमा कुन पक्षले खेल जित्ने वा कति अवधिमा कति अंक वा कसले कति श्रेणी एबम् खेलका विभिन्न चरणहरूमा प्राप्त गर्ने स्कोरलाई आधार मानेर कुनै एक पक्षमा पैसाको बाजी लगाउने कार्य सट्टेबाजी हो। 

नेपालमा यस किसिमको क्रियाकलाप अवैध हो । केही वर्ष यता गैरकानुनी रुपमा विभिन्न एप हरुको प्रयोग गरेर यस्ता किसिमका कार्य भइरहेको छ र विभिन्न  व्यक्तिहरूले यस किसिमका कार्यहरूलाई प्रोत्साहन गर्न विभिन्न भूमिका खेलिरहेका छन् । कोही सामाजिक सञ्जालमा सार्वजनिक रूपमा यस्ता क्रियाकलापको प्रचार गरिरहेका छन् भने कोही आफ्नो Affiliate कोडहरू प्रचार गर्न आफन्त तथा नजिकैका साथीहरूलाई प्रोत्साहन गरी प्रयोगमा आकर्षित गर्ने गर्दछन्। वान एक्स बेट र बेट३६५ बेट्टिङ प्लेटफर्म को रूपमा निकै परिचित छन् र तुलनात्मक रूपमा वान एक्स बेटले अवैध रूपमा आक्रामक प्रचार गरेको हुँदा यसका धेरै प्रयोगकर्ताहरू पनि छन भने क्षेत्रीय सम्पर्क कार्यालय स्थापना गरेर सञ्चालन गरिरहेका छन् ।  

केही महिना अगाडि नेपाल प्रेसका पत्रकार उमेश दाहालले नेपालमा 'वान एक्स बेट' नामक एपले देशमा अवैध रुपमा जुवा खेलाइरहेको र यसको प्रयोगबाट राज्यको मुद्रा विदेशीएको साथै अवैध रूपमा प्रचार भइरहेको जसका कारण युवाहरुलाई अवैध कार्यतर्फ आकर्षण गरेको समाचार प्रकाशन गरेपछि केही समयको लागि नेपालमा वान एक्स बेटले आफ्नो एपबाट भुक्तानी साझेदार रूपमा राखेको नेपाल राष्ट्रबैंक बाट अनुमति प्राप्त भुक्तानी प्रदायक संस्थाको नाम हटाएको थियो भने नेपाल राष्ट्र बैंकले २०७८ आषाढ ३ गते वान एक्स बेट लगायतका Betting Website लाई बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो भने 'वान एक्स बेट लगायतका अबैध एपहरुको प्रचार गरेको भेटिएमा कानुन बमोजिम कारबाही हुने सूचना २०७८ जेठ २३ गते सार्वजनिक गरेको थियो त्यसपश्चात युट्युब,टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग गरी खुलेआम प्रचार गरिरहेका इन्फ्लुयन्सर ( सामाजिक सञ्जालमा धेरै व्यक्तिहरूले Follow गरेका र सामान्य सूचना छिनभरमै धेरै व्यक्तिहरू सँग पुर्याउने भूमिका खेल्न सक्ने) हरुले केही समयका लागि आफ्नो भिडियो बाट उक्त प्रचारलाई बन्द गरेका थिए । 

ब्याख्यात्मक टिप्पणीमा पोख्त युट्युबर:

हाल भने सामाजिक सञ्जालमा व्याख्यात्मक टिप्पणीकै शैलीमा पुनः अवैध सट्टेबजी गर्ने एपहरुको प्रचार भइरहेको छ। केही युट्युबर हरुले आफ्नो भिडियोमा त्यस्तो एपको नाम नलिने तर एपको प्रयोग गरी विभिन्न खेलको स्कोर हेर्न सकिने तथा उक्त एपको प्रयोग गरी घर बसि बसि नै टन्न पैसा कमाउन सकिने र उनीहरूले दिएको प्रोमो कोडेको प्रयोग गरेको खण्डमा १३०% सम्म बाेनस पाउन सकिने वा दर्शकलाई मनोवैज्ञानिक रूपमा आकर्षित हुने शब्दावलीको प्रयोग गर्ने गरेका छन। कतिपय युट्युबरहरु भिडियो सुरुवातमा यस्ता शब्द हरुको प्रयोग गर्ने गरेका छन भने कतिपय ले भिडियोमा सांकेतिक भाषाको प्रयोग गरी भाव झल्किने किसिमका क्रियाकलापको प्रयोग गरी प्रचार बाजी गरेका छन् । 

युट्युबरहरू भिडियोमा यस्तो किसिमको एप रहेको भनी बताउने र भिडियोको Description मा र Comment सेक्सनमा खुलेआम उक्त एपको नाम उल्लेख गरी उक्त एप डाउनलोड गर्न सकिने प्रतक्ष्य Affiliated लिंक राख्ने गरेको पाइएको छ भने कमेन्ट सेक्सनमा उक्त कमेन्टलाई पिन गर्ने गरेको पाइन्छ। 

भिडियोमा क्रमश युट्युबरहरू (कुशल पोख्रेल, दि पिके भाइन्स, प्रिदेव जोशी,जलान, प्रसन्न लामा, गणेश जी डी )

 Description :

के विज्ञापन खुल्ला नै हो त :

नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय अन्तरगतकाे विज्ञापन बोर्डले जेष्ठ २ गते सार्वजनिक गरेको विज्ञप्तिमा वान एक्स बेटको नाममा विभिन्न डिजिटल प्लाटफर्म मार्फत अवैध जुवामा लगानी गर्न सकिने विज्ञापन प्रकाशन र प्रशारण भइरहेको भन्दै यसलाइ राेक्न निर्देशन दिएकाे थियाे । बोर्डले यस्ताे कार्य विज्ञापन ( नियमन गर्ने) ऐन २०७६ को दफा ५ को उपदफा (१) को खण्ड (ख) को व्यवस्था विपरीत भएकाले यस्ता गतिविधि बन्द गर्न र त्यस्ता विज्ञापन तथा प्रोमोसनल भिडियोहरु डिजिटल प्लार्फम बाट हटाउन आग्रह गरेकी थियो र नहटाएको वा पुनः विज्ञापन गरिरहेको खण्डमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी सहित प्रेस विज्ञप्ति जारी गरेको थियो भने विज्ञापन( नियमन गर्ने) ऐन २०७६ को दफा ५ "विज्ञापन गर्न नहुने" को उपदफा (१): "प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका विषयमा विज्ञापन गर्न पाइने छैन।" को खण्ड (ख) "जुवा खेल्न खेलाउन वा प्रचलित कानुन बमोजिम अनुमति नलिएको चिठ्ठा किन्न किनाउन प्रोत्साहन गर्ने विषयमा।" उल्लेख छ। 

कानुन कागजमै सिमित :

केही समय अगाडि यो विषयमा नेपाल सरकार अन्तर्गतका सबै निकायमा ध्यानाकर्षण भएसँगै वान एक्स बेटले भुक्तानी साझेदारको रूपमा रहेको बैंक ट्रान्सफर तथा अन्य सेवा प्रदायक लाई हटाएको थियो र राष्ट्रबैंकले कुनै पनि संकास्पद कारोबार भएको पाइएमा जानकारी दिन तथा त्यस्ता कारोबारको खतालाई प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो । त्यसबेला वान एक्स बेटले आफ्नो डिपोजिट सेक्सनबाट हटाएको स्रोत ले बताएको छ भने अहिले पुनः उक्त सेक्सनमा नेपाली भुक्तानी सेवा प्रदायक कम्पनीहरुको सूची देखिएको छ।

कानुनी रुपमा यस्तो कार्यलाई गैर कानुनी कार्य भनिएता पनि यसलाई नियन्त्रण गर्ने कार्यमा भने सम्बन्धित निकाय चुकेको देखिन्छ । कानुमा लेख्दैमा यस्ता गैर कानुनी धन्दाहरु नियन्त्रण हुने हुँदो हो त यस्ता निकायहरुको आवश्कता नै किन पर्ने थियो । कानुनको निर्माण भएपछि यसको कार्यन्वयन भएको छ कि छैन भन्ने कुरामा सम्बन्धित निकायको कुनै ध्यान गए जस्तो भने देखिदैन । 

नियामकको चेतावनी भन्दा 'वान एक्स बेटको आग्रहको कार्यान्वयन :

भुक्तानी सेवा प्रदायकले कारोबार गर्दा Remarks मा प्रयोग गरिने शब्दका आधारमा कारोबारलाई रोक्का गर्ने तथा कारोबार भएको खातामा प्रतिबन्ध लगाउने बताएको छ तर कारोबार गर्न खरिद गरिने वान एक्स बेटको रकम सटही गर्दा स्रोतका अनुसार एप्सलेनै भुक्तानी प्रदायकले ट्रयाक गर्न सक्ने शब्दावली को प्रयोग नगर्न चेतावनी दिने गर्दछ भने उसले विशेष किसिमको कारोबार कोड तथा कारोबार गर्दा "अनलाइन भुक्तानी,भुक्तानी गरियो,वस्तुको लागि भुक्तानी, खर्च पठाइयो, बविल भुक्तान" जस्ता शब्दको प्रयोग गर्न अनुरोध गर्दछ जसले नियमन गर्ने निकायलाई पनि नियमन गर्न समस्या आइरहेको बताउँछन्। 

के प्रतिबन्ध भएकै हो त वान एक्स बेट :

नेपाल दूर सञ्चार प्राधिकरणले फाल्गुन ३० गते सूचना जारी गर्दै सम्पूर्ण इन्टरनेट सेवा प्रदायक हरुलाई अनलाइन प्रविधि मार्फत हुने Cryptocurrency, नेटवर्किङ तथा अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराध सम्बन्धी वेबसाइट, एप, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमलाई नेपाल भित्र प्रयोग सञ्चालन र व्यबस्थापन गर्न नपाउने गरी निषेध/डिसएबल तथा कालो सूचीमा राख्ने निर्णय कार्यान्यन गर्न अनुरोध गरेको थियो। यससँगै स्रोतका अनुसार वेबसाइटको प्रयोग गरी उक्त एपलाई खोल्न खोज्दा कम्प्युटर मा नखुल्ने गरेको पाइएको छ भने मोबाइल एप बाट प्रयोग सहजै गर्ने गरेको तस्बीर सामाजिक सञ्जालमा देखिएको बताएका छन् । प्रयोगकर्ता एपको प्रयोग गर्न VPN को प्रयोग गरी सहजै गर्ने गरेको छ। 

काग कराउदै जान्छ पिना सुक्दै जान्छ :

विभिन्न समयमा मिडियाहरुले यसको गैरकानुनी प्रयोगबारे खबरदारी गर्दा पनि नियामक निकायले चासो दिएको छैन। खुलेआम सामाजिक सञ्जालमा विज्ञापन गर्दापनि नियामक निकाय बेखबर जस्तै देखिन्छ। हामीले पटक पटक विभिन्न निकायमा नियमन कस्तो भइरहेको छ भन्ने बुझ्न खोज्दा जिम्मेवारी बाटनै पन्छिन खोजें। दैनिक अवैध रुपमा करोडौंको कारोबार हुँदासम्म नियामक निकायले ठोस कदम चाल्न सकेको छैन। नियामक निकायले नीतिलाई काजगमा मात्र सीमित बनाउँदा दिनहुँ अवैध रुपमा करोडौं रुपैयाँ बाहिरी रहेको छ र विभिन्न निकाय सँगको कुराकानीमा यस्तो कार्यमा संग्लनहरुलाई कसले कारबाही गर्ने बारे अन्योलता देखियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको