Surrogate Marketing अर्थात अप्रत्यक्ष रूपमा मार्केटिङ गर्नु । सन् २००० को अवधिमा स्वास्थ्य मन्त्रालयले रक्सी तथा चुरोटजन्य पदार्थको विज्ञापन रेडियो, टेलिभिजन लगायतका सञ्चारका माध्यममा प्रतिबन्ध लगायो। नेपालमा यसपछिनै सरोगेट मार्केटिङ्गले उचाई छोयो। प्रतिबन्दित वस्तुलाई लुकाएर गरिने मार्केटिङ्ग सरोगेट मार्केटिङ्ग हो। बुझाइमा सामान्य देखिने सरोगेट मार्केटिङ्ग मनोविज्ञानका हिसाबले निकै खतरनाक छ।
हालसालै चलिरहेको नेपाल टि २० लिगको पहिलो संस्करणमा नेपालमा सट्टेबाजीलाई प्रबर्धन गर्ने बेट्टिङ एपको सहायक कम्पनी वान एक्स व्याटलाई प्रतियोगिताको प्रमुख स्पोन्सर दिइयो। उक्त कम्पनीले नेपालमा मात्र हैन विश्वका अन्य राष्ट्रको खेलकुद प्रतियोगितामा स्पोन्सर गर्ने गर्छन् । अहिले विश्वव्यापी रूपमा सरोगेट मार्केटिङ्गको विरोध भइरहेको छ । विभिन्न राष्ट्रहरूले सरोगेट मार्केटिङ्गलाई निरुत्साहन गर्ने नीति अबलम्बन गरिरहेका छन् ।
सरोगेट मार्केटिङ्ग एक देखाउने अर्को भिडाउने जस्तै हो, रक्सी चुरोट, सट्टेबाजी गर्नेहरूका लागि मार्केटिङको मुख्य स्रोत हुँदै गइरहेको छ। उस्तै लोगों देखिने कम्पनी तर फरक नाम लिएर अपरेट गरिरहेका हुन्छ। नेपाल टि २० लिगको स्पोन्सर गरेको कम्पनी आफूलाई न्युज कम्पनीका नाममा विज्ञापन गराइरहेको छ। नेपालमा सट्टेबाजको जालो वान एक्स बेट नामक कम्पनिले फैलाइरहेको छ, सामाजिक सञ्जालमा हर्ने हो भने वान एक्स बेटले सबै सामाजिक Influencer लाई समेटेर केही पैसा बाँडेर प्रचार गराइरहेको छ, उनीहरू स्पोर्ट्समाथि डोमिनेट गरिरहेका छन् । स्पोर्ट्स प्रतियोगिता माथिको सट्टेबाजी एपको हावी पनलाई सरोगेट मार्केटिङ्ग मार्फत सफलता दिएका छन् ।
सरोगेट मार्केटिङ्ग नेपालमा विभिन्न रक्सीका ब्राण्डहरुले पनि प्रयोग गर्दै आएका छन्। प्रत्यक्ष रूपमा टेलिभिजनमा गर्न नपाइने विज्ञापन उनीहरू सरोगेट मार्केटिङ्ग मार्फत आफ्नो परिचय बजारमा स्थापित गरिरहेका छन्।
प्रयोगकर्तालाई जति धेरै वस्तुको विषय थाहा हुन्छ वा उनीहरूको वरिपरि ती विषयहरू प्रति विश्वाश बढ्दै जान्छ। कम्पनीहरु यो कुरा राम्रो सँग बुझेका छन्, तर कुरा नबुझ्ने प्रयोगकर्ता आकर्षित हुन्छन, उनीहरुलाई आकर्षण गर्न गरिएका योजनाहरू सफल हुन्छ, त्येसको नकारात्मक असर रहिरहन्छ। सरोगेट मार्केटिङ्गले जनमानसमा निम्त्याएको समस्या र गलत मार्केटिङलाई नियमन गर्न विश्वका विभिन्न राष्ट्रले फरक फरक कदम चलिरहेको पाइन्छ, यसविषयमा ध्यान नदिने हो भने निकायमा ठूलो समस्या निम्तिन सक्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस