अर्थ संसार, काठमाडौ – सरकारले एस्बेष्ट्स् (निर्माण सामाग्रीमा हुने हानिकारक तत्व) भएको निर्माण सामाग्रीमाथि कडाइकासाथ रोक लगाउने भएको छ ।
नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागले एस्वेष्ट्स् भएको सिमेन्ट वोर्ड र प्रिफयाव बोर्डलाई आयत हुनबाट रोक लगाएको हो ।
विभागले एस्वेष्ट्स् नभएको प्रिफयाब बोर्ड, सिमेन्ट वोर्ड, रुफिङ सिटलाई मात्रै आयत गर्न दिने भएको हो ।
यसका लागि विभागले सवै भन्सार कार्यालयहरुलाई परीक्षण पश्चात मात्रै भित्राउन निर्देशन दिएको छ । प्रयोगशाला परीक्षण गरेर मात्रै जाँंचपास गर्न विभागले देशभरका भन्सार कार्यालयहरुलाई निर्देशन दिएको हो ।
भन्सार विभागका महानिर्देशक रामशरण चिमोरियाले एस्बेष्ट्स भएको निर्माण सामाग्रीका कारण स्वास्थ्यलाई पुयाउन सक्ने हानी नोक्सानीलाई ध्यान दिएर सवै भन्सार कार्यालयहरुलाई निर्देशन जारी भइसकेको जनाए ।
विभागका सूचना अधिकारी कुलराज ज्ञवालीले भारतलगायतका देशहरुबाट एस्बेष्ट्स् भएको निर्माण सामाग्री भित्रिने गरेका कारण त्यसमाथि नियन्त्रण जमाउन यसो गरिएको जनाए ।
एस्बेष्ट्स् भन्नाले निर्माण सामाग्रीमा हुने क्यान्सरसम्म हुनसक्ने डरलाग्दो खनिज पदार्थ हो । सिमेन्ट वोर्डलगायत रुफिग वोर्ड बनाउँंदा प्रयोग हुने यो एक प्रकारको आँखाले नदेखिने फाइबर हो ।
दशकौदेखि युरोपलगायत विकशित मुलुकहरुमा क्यान्सरजस्ता रोग निम्त्याउने खतरा भएको भन्दै यसलाई प्रतिवन्ध लगाइएको छ । तर छिमेकी मुलुक भारतमा भने पूर्ण बन्देज छैन । भारतबाटै यहाँं यस्ता निर्माण सामाग्री भित्रिने गर्दै आएको छ ।
अमेरिकामा तीसवर्ष अगाडि नै एस्बेष्ट्स्लाई प्रतिवन्ध लगाए पनि अहिले पनि क्यान्सर रोगको मुख्य कारण एस्बेष्ट्स् रहेको अमेरिकास्थित एस्वेट्स् रोग सचेतना संगठनले जनाएको छ ।
सन १९७९ मा एस्बेष्ट्स्लाई मार्गनिर्देशन जारी गरे पनि तत्पश्चात ४५ हजार अमेरिकनहरु एस्बेष्ट्स्सँंग सम्वन्धित रोगले मृत्यु भएको मेसोथेलोमिया बेवसाइटमा उल्लेख छ ।
नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव डा प्रविण मिश्रका अनुसार प्रिफयाब, सिमेन्ट वोर्ड, रुफिग वोर्डलगायत अन्य निर्माण सामाग्रीमा हुने एस्बेष्ट्स्सँंग लामो समय निरन्तर सम्पर्कमा ररिहरहँदा यसबाट क्यान्सरसम्मको खतरा हुनसक्छ ।
यसलाई विचार गरेर सरकारले गरेको यो कदम स्वागगयोग्य भएको डा मिश्रले बताए । स्वदेशमै एस्बेष्ट्स् नभएको निर्माण सामाग्री पनि उत्पादन हुँंदै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस