Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकले डाक्याे साधारण सभा, शेयरधनीकाे हात खाली !

अर्थ संसार

आइतबार, १९ असार २०७९, १० : ४२ मा प्रकाशित

सिन्धु विकास बैंकले डाक्याे साधारण सभा, शेयरधनीकाे हात खाली !

सिन्धु विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको असार १७ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको बाह्रौँ वार्षिक साधारण सभा श्रावण ६ गते, शुक्रबार मिरावल रिसोर्ट होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सिन्धु विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गरेकाे छ । त्यसैले, बैंकका शेयरधनीहरूकाे हात खाली हुनेछ । 

सभामा आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरि पारित गर्ने, लेखापरिक्षण समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकहरुको निर्वाचन गर्ने प्रस्तावहरू पारित गरिनेछ । 

यसका साथै, सभामा सञ्चालकको बैठक भत्ता लगायतका सुविधामा वृद्धि गर्न बैंकको नियमावालीको नियम ३२ (१) मा संशोधन गर्ने, सिन्ध विकास बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) वा प्राप्ति (Aquisition) गर्ने सम्बन्धमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मुल्याङ्कन (Due Diligence Audit-DDA) गर्ने मान्यता प्राप्त मुल्याङ्कनकता नियुक्त गने, निजको पारिश्रमिक तोक्ने, गाभ्ने, गाभिने प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्र (Memorandum या Understanding) तर्जुमा गर्ने र आवश्यक अन्य प्रकृया पुरा गरि सो मा हस्ताक्षर गर्ने अधिकारी तोक्ने लगायतका मर्जर वा प्राप्ति सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, बैंकको प्रवन्धपत्र तथा नियमावलीमा संसोधन स्वीकृत गर्ने तथा नियमनकारी निकायहरुबाट थपघट/फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनसार गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावहरू पनि सभामा पारित गरिनेछ । 

त्यसैगरी, बैंकले साधारण सभा प्रयाेजनका लागि असार २७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार २६ गते, आइतबारसम्म नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

बैंकले प्रकाशन गरेकाे सूचना प्रकारकाे छ :

62c1224a44f3e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको