Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लाइफकाे साधारण सभा सम्पन्न, सञ्चालकमा युवा लगानीकर्ता शिवहरी घिमिरे

अर्थ संसार

सोमबार, २० असार २०७९, ११ : ५० मा प्रकाशित

सानिमा लाइफकाे साधारण सभा सम्पन्न, सञ्चालकमा युवा लगानीकर्ता शिवहरी घिमिरे

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे चौँथो वार्षिक साधारण सभा आज (असार २० गते, साेमबार) सम्पन्न भएकाे छ । उक्त सभा स्मार्ट दरबार ब्याङ्क्वेट, धुम्बाराही, काठमाडौँमा सम्पन्न भएकाे हाे । 

कम्पनीका अध्यक्ष कुमार काेइरालाकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त साधारण सभामा सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद गरी कुल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

त्यस्तै, सभाले सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको चयन गरेकाे छ । जसअन्तर्गत युवा लगानीकर्ता शिवहरी घिमिरे र अर्का सञ्चालकमा केशव राज केसी निर्वाचित भएका छन् ।

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएकाे आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिएकाे छ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको