Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सानिमा लाइफकाे सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

मंगलबार, ०७ असार २०७९, १७ : १३ मा प्रकाशित

नेप्सेमा सानिमा लाइफकाे सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

स्टकका अनुसार कम्पनीकाे ४.२० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ५२ रूपैयाँ २१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ३ सय ६७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीकाे चौँथो वार्षिक साधारण सभा असार २० गते, स्मार्ट दरबार ब्यान्क्वेट धुम्बाराहि काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद गरी कुल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

62b1ad53183c7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको