Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लाइफकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

मंगलबार, ०७ असार २०७९, १० : ४९ मा प्रकाशित

सानिमा लाइफकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (असार ७ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भाेलि असार ८ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीकाे चौँथो वार्षिक साधारण सभा असार २० गते, स्मार्ट दरबार ब्यान्क्वेट धुम्बाराहि काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद गरी कुल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । त्यस्तै सभाले सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको समेत निर्वाचन गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको