Like us!
Follow us!
Connect us!
Watch us!

१४६ प्रतिशतले बढ्यो लघुवित्तहरुको नाफा, ७० मध्य २ संस्था मात्र घाटामा

अर्थ संसार

मंगलबार, २१ असार २०७९, ०७ : ४७ मा प्रकाशित

१४६ प्रतिशतले बढ्यो लघुवित्तहरुको नाफा, ७० मध्य २ संस्था मात्र घाटामा

बैंक तथा वित्तिय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तिय संस्थाहरुको नाफा २०७८ असार मसान्तसम्ममा अघिल्लो आर्थिक बर्षको तुलनामा बृद्धि भएको जनाएको छ ।

राष्ट्र बैंकले लघुवित्त वित्तिय संस्थाहरुको निरिक्षण र सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले उक्त प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार २०७८ असार मसान्तसम्ममा लुवित्तहरुको नाफा १४६ प्रतिशतले बढेको छ । 

राष्ट्र बैंकले प्रकाशन गरेको प्रतिवेदन अनुसार २०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १४६.७१ प्रतिशतले वृद्धि भई रु. ११ अर्व ८७ करोड रहेको देखिन्छ । २०७८ असार मसान्तमा ब्याज आम्दानी रु.४५ अर्ब २४ करोड, व्याज खर्च रु.१८ अर्ब १५ करोड र संचालन आम्दानी रु.४१ अर्ब ५८ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षमा कुल ८४ वटा संस्थाहरु मध्ये १३ वटा खुद नोक्सानमा रहेकोमा यस आर्थिक वर्षमा कुल ७० वटा संस्थाहरुमध्ये ६८ वटा खुद नाफामा र २ वटा मात्र खुद नोक्सानमा रहेको देखिन्छ ।

62c39bc7d63e4.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको