Like us!
Follow us!
Connect us!
Watch us!

नाफा बढाउँदै मिर्मिरे माइक्रोफाइनान्स

मंगलबार, १७ साउन २०७४, १२ : ५२ मा प्रकाशित

नाफा बढाउँदै मिर्मिरे माइक्रोफाइनान्स

अर्थ संसार, काठमाण्डौ – का मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७३\७४ मा १ करोड ५४ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो माइक्रोफाइनान्सको नाफा १ करोड १५ लाख थियो ।

यो अवधिमा मिर्मिरेले ६ करोड ५६ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३ करोड ८८ लाख थियो ।

यो अवधिमा माइक्रोफाइनान्सले ७५ करोड ८३ लाख सापटी लिई तथा २० करोड ३३ लाख निक्षेप संकलन गरी ८२ करोड ५६ लाख कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ३३ करोड ३३ लाख सापटी लिई तथा ८ करोड ५७ लाख निक्षेप संकलन गरी ४० करोड ९९ लाख कर्जा प्रवाह गरेको थियो ।

अघिल्लो वर्ष १ करोड ८० लाखमा सीमित रिजर्ब वृद्धि भई यो वर्ष ३ करोड ९२ लाखको उचाईमा पुुगेको छ ।यो माइक्रोफाइनान्सको कस्ट अफ फण्डमा डरलाग्दो गरी वृद्धि भएका कारण समेत अपेक्षित नाफा निकाल्न नसकेको देखिएको छ ।

अघिल्लो वर्ष ५.७५ प्रतिशतमा सीमित कस्ट अफ फण्ड९लागत खर्च०मा भारि वृद्धि भई यो वर्ष ११।०८ प्रतिशत पुुगेको छ ।

यो अवधिमा माइक्रो फाइनन्सको प्रति सेयर आम्दानी ५१.५९ रुपैयाँ, प्रति सेयर नेटवर्थ २३०.६८ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य ३६०४.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४२.८४ गुणा कायम भएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको