Like us!
Follow us!
Connect us!
Watch us!

सेन्चुरी बैंकको सेयर किन्नु भयो त ? यहाँबाट आवेदन दिनुहोस्

मंगलबार, १७ साउन २०७४, १३ : २१ मा प्रकाशित

सेन्चुरी बैंकको सेयर किन्नु  भयो त ? यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसार, काठमाडौं–  सेन्चुरी बैंकको  ४० प्रतिशत हकप्रद सेयर सोमबारदेखि  बिक्री खुला भएको छ । सेन्चुरीले १०ः४ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

लगानीकर्ताले १८ गते सम्म आवेदन दिन सकिने  बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केटले जनाएको छ ।

 असार २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सीटीसी मल सुन्धारा स्थित बिक्री प्रबन्धकको कार्यालय र सेन्चुरी बैंकको केन्द्रीय कार्यालयसहित सम्पूर्ण शाखाबाट यो हकप्रदमा आवेदन दिन सक्नेछन् ।

सेन्चुरीको हाल चुक्ता पुँजी ४ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ छ । ४०५ हकप्रदपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ६० करोड ३० लाख २९ हजार ६९८ रुपैयाँ पुग्नेछ । सेन्चुरीले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर एकीकृत कारोवार पनि सुरु गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको