Like us!
Follow us!
Connect us!
Watch us!

सवारी साधनको आयातमा लागेको प्रतिबन्ध हटाउन प्रधानमन्त्री सकारात्मक

अर्थ संसार

बुधबार, २२ असार २०७९, १७ : २७ मा प्रकाशित

सवारी साधनको आयातमा लागेको प्रतिबन्ध हटाउन प्रधानमन्त्री सकारात्मक

आज असार २२ गते, नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासँग भेट गरेको छ । उक्त भेटघाटमा प्रधानमन्त्री देउवाले नाडाको उक्त प्रतिनिधि मण्डललाई नीजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक रहेको बताए । र साथै प्रधानमन्त्री देउवाले सवारी साधन पैठारीकर्ताहरुले अब नेपालमै विद्युतिय सवारी साधनहरुको एसेम्बलिङ्ग प्लाण्ट स्थापना गरी बढ्दो व्यापार घाटा कम गर्न सुझाव समेत दिए ।  

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष थापाले भने, "नेपालमा पैठारी हुने हजारौँ वस्तुहरु मध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरु मात्र यस्तो वस्तु हुन् जसले आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजश्व योगदान पुर्याउने गर्दछ ।" यस तथ्यले नेपालको बढदो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको समेत स्पष्ट हुन्छ भन्दै यसै यथार्थताहरुलाई मनन गर्दै कार, जीप र भ्यान जस्ता नीजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिबन्ध फुकाउनका लागि आवश्यक पहल गरीदिन आग्रह गरेका थिए ।

यसै क्रममा अध्यक्ष थापाले नाडा अटो एक्सपो यही भाद्र ७ गतेदेखि १२ गतेसम्म काठमाण्डौँको भृकुटी मण्डपमा सम्पन्न गर्ने निर्णय गरिएकोमा सो आयोजनाका लागि समेत नयाँ सवारी साधनहरुको आयात सुचारु हुनु आवश्यक भएकोले पनि सो प्रतिबन्ध खुल्ला गरीदिन आग्रह गरेका थिए । सो भेटघाट तथा छलफलमा उपाध्यक्ष सुनिल रिजाल, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्यहरु आकाश गोल्छा तथा कपिल शिवाकोटी समेतको उपस्थिति रहेको थियो ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको