Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंकको ऋणपत्र बाँडफाँड

अर्थ संसार

विहीबार, २३ असार २०७९, १० : १५ मा प्रकाशित

प्राइम बैंकको ऋणपत्र बाँडफाँड

प्राइम बैंक लिमिटेडले जेठ ३१ गतेदेखि असार १४ गतेसम्म निष्कासन गरेको ऋणपत्र बाँडफाँड गरिएकाे छ ।

उक्त अवधिभर रितपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई हिजाे (असार २२ गते, बुधबार) बाँडफाँड गरिएकाे बैंकले जानकारी दिएकाे छ ।

बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । जसमध्ये सर्वसाधारणका लागि २० लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ३० लाख कित्ता बिक्री गरिएकाे हाे । सर्वसाधारणका लागि छुट्याइएकाे कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे । 

बैंकले ५ वर्ष अवधिकाे "५ वर्ष, १०.१५% प्राइम डिबेञ्चर, २०८४" काे नाममा ऋणपत्र निष्कासन गरेको हो ।

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको थियाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

62c6630074e88.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको