Like us!
Follow us!
Connect us!
Watch us!

तरलता र स्टक मार्केटको अन्तरसम्बन्ध !

राजकुमार न्यौपाने

अर्थ संसार

विहीबार, २३ असार २०७९, १७ : ०८ मा प्रकाशित

तरलता र स्टक मार्केटको अन्तरसम्बन्ध !

म कुनै आर्थिक विशेषज्ञ वा विष्लेशक त हैन तर पनि बिगत लामो समय देखि सेयर बजार तथा अर्थतन्त्र हेरिरहेकोले आफ्ना केही कुरा यहाँ राख्दैछु ।

सामान्य अर्थमा तरलता भनेको बैंक तथा बित्तिय संस्था हरुमा नगद उपलब्धता रहेको भन्ने बुझिन्छ । बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा आफ्नो कुल निक्षेप को तीन प्रतिशत रकम नगद मौज्दान अनुपात मार्फत अनिवार्य नगद मौज्दात राख्नु पर्ने प्राबधान रहि आएको छ । 

यो अनिवार्य मौज्दात राखे पछि बैंक सङ्ग भुक्तानी को लागि उपलब्ध हुने रकमलाई तरलता भनिन्छ र यो दैनिक रुपमा फरक पर्छ। बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप राख्न जाने भन्दा कर्जा माग गर्ने मान्छे को संख्या हाल बढी रहेको बुझिएको छ। यसले लगानी योग्य रकम कम रहेको बुझिन्छ। 

तरलता अभाब हुदा स्टक लाई  पारदर्शी मुल्य मा किन्न र बेच्न सकिन्न । यस्तो परिस्थिति मा लगानी कर्ता को बजार प्रती खासै आकर्षण पनि देखिन्न । कारोबार रकम औशत भन्दा कम हुन जान्छ यसलाई अर्थशास्त्रको सामान्य सिद्धान्तका रुपमा समेत हेर्ने गरिन्छ । विगतदेखीलाई हेर्ने हो भने पनि तरतला र स्टक मार्केटको सम्बन्ध एकअर्कासंग सम्बन्धित देखिन्छ जब जब बजारमा जरलता बढ्दा स्टक मार्केट पनि बढ्छ भने तरतलाको उपलब्धता घट्दा मार्केट पनि घट्ने गरेको देखिन्छ । 

बजार अहिले करिब ३२०० को बिन्दु बाट घटेर करिब १८०० बिन्दुमा लो लगाउदै अहिले २००० बिन्दु आसपासमा चलिरहेको छ। अब को केही समय पनि तरलता सहज हुन्जेल बजार १० देखि १५ प्रतिशत तल माथी जाने अबस्था मात्र देखिन्छ ।

अब आउने मौद्रिक निति  समग्र अर्थतन्त्र सुधार मा केन्द्रित हुनु पर्ने चुनौती राष्ट्र बैंकलाई छ । लगानीकर्ताहरुले पनि हाम्रो बारेमा सुनुवाइ होस भन्ने चाहना राखेका छन । त्यसै नीतिको प्रतीक्षामा अहिले लगानिकर्ता पर्ख र हेर भन्ने अबस्थामा छन । 

दिर्घकालिन लगानिकर्ता का लागि सुरक्षित लगानी  गर्ने र ट्रेडरहरुलाई पनि धेरै नोक्सान नहुने अवस्थामा अहिले बजार आएको आभास भइरहेको छ।

जसरी कालो रात बिते सङ्गै उज्यालो दिन आउँछ, जसरी शिसिर ऋतु पछि बसन्त ऋतु आउँछ त्यसैगरि कुनै समय त तरलता पनि पक्कै सहज हुनेछ । रुस युद्ध अन्त्य हुनेछ, पेट्रोलियमको भाउ घट्ने र महङ्गी नियन्त्रण मा आउने छ यी सबै कुराहरु भए सङ्गै समग्र अर्थतन्त्र मा सुधार आउने नै छ र बजार पनि लगानीकर्ता मैत्री बन्ने नै छ । सुनौला दिनहरु फेरि पनि पक्कै आउने छन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको