Like us!
Follow us!
Connect us!
Watch us!

अधिकांश राष्ट्र भोग्दैछन् आर्थिक संकटः नेपालभन्दा अमेरिकाको मुद्रास्फीति बढी, कुन देशको अवस्था कस्तो ?

अर्थ संसार

शुक्रबार, २४ असार २०७९, १३ : ४६ मा प्रकाशित

अधिकांश राष्ट्र भोग्दैछन् आर्थिक संकटः नेपालभन्दा अमेरिकाको मुद्रास्फीति बढी, कुन देशको अवस्था कस्तो ?

पछिल्लो समय विश्व अर्थतन्त्रमा हेर्ने हो भने अधिकांश राष्ट्रहरू आर्थिक संकट भोगिरहेका छन् । कोभिडले सिथिल परेको अर्थतन्त्र बामे सर्दै गर्दा रसिया युक्रेन युद्धका कारण झन् धकेली दियो । विभिन्न राष्ट्रका आयका स्रोतहरूमा बन्देज नै लाग्यो । कतिपय राष्ट्रहरू बैंकरप्सीकै बाटोमा गए भने कतिपय राष्ट्रहरू त्यो बाटोमा छन्। रसिया युक्रेन युद्धले निम्त्याएको ठूलो समस्या मुद्रास्फिति हो ।

मुद्रास्फीति पैसाको भ्यालु घटबढ हुनु हो । पहिला हामीले जुन सामान जति मूल्यमा प्राप्त गर्न सक्थ्यौं अहिले त्यो मूल्यका उक्त सामान सोही मूल्यमा पाउन असम्भव छ । अर्थतन्त्रका लागि मुद्रा स्फिती आफैँमा गलत भने मानिंदैन तर मुद्रास्फितिको दर उच्च रूपमा बढ्दा त्यसले थप संकट उत्पन्न गरेको छ। 

ट्रेडिङ इकोनोमिक्सको तथ्याङ्क अनुसार लेबनानमा २११.४३% को मुद्रास्फीति छ । मूल्यवृद्धि सबैभन्दा ठूलो हात रहेको रसिया युक्रेन युद्ध, रसियाको मुद्रास्फिति १७.१% रहेको छ भने युक्रेनमा १८% को मुद्रास्फीति रहेको छ । 

नेपाल ७.०८७% का साथ ९२ औं स्थानमा रहेको छ भने छिमेकी राष्ट्र भारतमा ७.०४% मुद्रास्फिति रहेको छ र ११० औं स्थानमा रहेको छ।

अमेरिकामा मुद्रास्फीति ८.६% रहेको छ भने अमेरिका ८२ औं स्थानमा रहेको छ। बेलायत ९.१% का साथ ७७ औं स्थानमा रहेको छ। श्रीलंका ५४.६% का साथ ९ औं स्थानमा रहेको छ । अफगानिस्तान १.५६% का साथ १७३ औं स्थानमा रहेको छ।

(ट्रेडिङ इकोनोमिक्सका आधारमा)

विस्तृत विवरणका लागि तलकाे लिङ्क 

62c7e91b43ce7.jpg 62c7e91b66f96.jpg 62c7e91b81f1f.jpg 62c7e91ba47fa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको