Like us!
Follow us!
Connect us!
Watch us!

ब्याजदर बारे बैंकर्स एशोसिएसनको सङ्केत, 'कुरो बुझ्नुस सिस्टममा पैसा थपिएको छ`

लोकेन्द्र ढकाल

लोकेन्द्र ढकाल

शुक्रबार, २४ असार २०७९, १९ : ३८ मा प्रकाशित

ब्याजदर बारे बैंकर्स एशोसिएसनको सङ्केत, 'कुरो बुझ्नुस सिस्टममा पैसा थपिएको छ`

नयाँ आर्थिक बर्षको पहिलो महिना साउनमा बैंकको ब्याजदर के होला भन्नेमा सर्बत्र चर्चा छ । आश्चर्य चकित पर्ने गरि नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले साउनमा पनि बैकको ब्याजदर बढाउने पर्ने भन्दै अर्थतन्त्रलाई नै प्रभाव पार्नेगरि अभिव्यक्तिहरु दिदै आएका छ्न । गभर्नर अधिकारीको निकटका भनि बुझिएका पूर्व अर्थमन्त्री तथा गभर्नर डा.युवराज खतिवडाले  राष्ट्र बैंकका गभर्नर जस्तो महत्वपूर्ण पदमा रहेका व्यक्तिहरुले आम जनतालाई अत्याउने खालको अभिव्यक्ति दिनु नहुने भनि गभर्नर अधिकारीको अभिव्यक्ति प्रति कटाक्ष समेत गरेका छन । राष्ट्र बैंकको गभर्नरको रुपमा समेत काम गरीसकेका खतिवडाले पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक रुपमा बारम्बार मुलुकको अर्थतन्त्र निकै खराब हुनसक्ने, बैकको ब्याजदर बढ्ने जस्ता अभिव्यक्ति दिइ बजारमा कृतिम आतङ्क सृजना गर्नु शोभनीय नरहेको बताएका हुन ।
 

यसै बीच वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष अनिल कुमार उपाध्यायले साउन महिनामा बैकको ब्याजदर नबढ्ने संकेत गरेका छन । अर्थसंसारको प्रश्नमा उपाध्यायले भने बैंकिङ च्यानलमा पछिल्लो २२ दिनमा ७० अर्ब निक्षेप थपिएको, लोन २० अर्ब घटेको , सरकारी खर्च बढेर ४४ बाट ५४ प्रतिशत पुगेको बताए। उनले भने अर्थतन्त्र -"डिमाण्ड र सप्लाइ"को खेल हो, यो संसारभरको प्रायक्टिस यहि हो, अहिले सिस्टममा मौजात थपिएको छ । विगत वर्षहरुमा झै असारे विकास तीब्र हुने हुँदा अबको बाँकी केहि दिनको परिदृश्यले थप स्पष्टता हुने उनले बताए । उनले अबका केही दिनमा मिटिङ बसेर साउनको ब्याजदरकोबारेमा निर्णय सार्वजनिक गर्ने बताए।

उनले भने "अर्थतन्त्र बारे हामी बैंकर सजक छौ, परिस्थिति विगत भन्दा पृथक छ तर बजारको हल्ला जस्तो नि होइन । उनले घरजग्गा तथा सेयर कर्जाको औषध जोखिम भारित दर "रिक्स वेटेज" सयबाट  एक सय ५० पुर्याउने राष्ट्र बैकको नीतिलाई हामीले त्यसो नगराउन सुझाब दिएका बताए । हामीले समय मागेका छौ, हामीले सक्ने भनेको सुझाब दिने हो, निर्णय त राष्ट्र बैकले नै हो नि गर्ने, अध्यक्ष उपाध्यायले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको