Like us!
Follow us!
Connect us!
Watch us!

अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो तेलको मूल्य

अर्थ संसार

आइतबार, २६ असार २०७९, ०६ : ०६ मा प्रकाशित

अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो तेलको मूल्य

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमे पदार्थको मूल्यमा गिरावट आएको छ । एक महिनाको  अन्तर्राष्ट्रिय बजार्मा कच्चा तेलको मूल्य प्रतिब्यारेल २४ अमेरिकी डलरले घटेको छ ।

प्रशोधित तेलको मूल्य पनि घटेको छ । पेट्रोलमा प्रतिब्यारेल १० अमेरि की डलरले घटेको छ  भने डिजेलमा १५ डलरले घटेको नपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए तर     तत्कालको अवस्थाले नेपालमा प्रभाव पार्छ पर्दैन यसै भन्न नसकिने उनको भनाइ छ ।

निगमका अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल १२४ डलरबाट घटेर एक सय डलरको हाराहारीमा आइपुगे को छ । अमेरिकी डलर महँगिएपछि तेलको मूल्य घटेको हो । अन्तर्राष्ट्रिय बजारमा घटिरहेको      कच्चा तेलको मूल्य सकारात्मक सङ्केत भएको निगमले जनाएको छ । १५ दिनसम्म निरन्तर गिरावट भइरहे निगमले खरिद गर्ने प्रशोधित तेलको मूल्य पनि घट्ने छ  । निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट १५ दिनमा मूल्यसूची पाउँछ । हाल निगमलाई प्रतिलिटर पेट्रोलमा ३० रुपियाँ र डिजेलमा ३८ रुपियाँ घाटा छ । मासिक घाटा करिब नौ अर्ब रुपियाँ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको