Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार एकैदिन २५ अर्ब ५५ करोड भुक्तानी, अन्तिम दिनसम्म ८५.८ प्रतिशत बजेट खर्च

अर्थ संसार

आइतबार, २६ असार २०७९, १४ : ०२ मा प्रकाशित

आइतबार एकैदिन २५ अर्ब ५५ करोड भुक्तानी, अन्तिम दिनसम्म ८५.८ प्रतिशत बजेट खर्च

देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आज आइतबारदेखि बन्द हुनेछ । 

आइतबारदेखि चालु आर्थिक वर्षको बजेट खर्च राेकिने भएपछि आज ठूलो भुक्तानी भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार आजै मात्र २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ सरकारी कोषबाट भुक्तानी भएको छ । चालु, पुँजीगत र वित्तीय व्यवस्थापन गरी कूल ३ ठाउँबाट साे भुक्तानी भएकाे हाे । 

जसमध्ये चालु खर्च तर्फ १० अर्ब ५८ करोड ४१ लाख रुपैयाँ, पूँजीगत तर्फ १४ अर्ब ७२ करोड ७४ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ २४ करोड ७१ लाख रुपैयाँ भएको छ । 

सरकारले चालु आर्थिक वर्षका लागि कुल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियाे । अन्तिमसम्ममा जम्मा कुल १२ खर्ब ३७ अर्ब ७० करोड १० लाख रुपैयाँ खर्च गर्न सकेको छ । यो भनेको कुल बजेटको ८५.८ प्रतिशतको खर्च हो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको